
एजेन्सी । तीन चिनियाँ बैंकले अनिल अम्बानीको विदेशमा रहेको सम्पत्ति जफत गरेर उनीहरूको ऋण उठाउर्ने निर्णय गरिसकेका छन् । यी बैंकहरूले अनिल अम्बानीका कम्पनीहरूलाई करीब ५२७६ करोड रुपैयाँ भारु ऋण देखाएका छन् ।
चीनको इन्डष्ट्रियल एण्ड कमर्शसियल बैंक, चीनको एक्सपोर्ट–इम्पोर्ट बैंक अफ चाइना र चीन डेभलपमेन्ट बैंकले अनिल अम्बानीको विदेशमा रहेको सम्पत्ति जफत गर्ने निर्णय गरेका हुन । शुक्रबार बेलायतमा भएको सुनुवाइको क्रममा अनिल अम्बानीले आफुसँग केहि सम्पत्ति बाँकी नभएको र आफ्नी श्रीमतीको गहना बेचेर दैनिक चलाइरहेको बताएका थिए ।
चिनियाँ बैंकका अधिवक्ता थान्की क्यूसीले शुक्रबार बेलायतको एक अदालतलाई अनिल अम्बानीले बैंकहरूलाई रकम नदिन हर प्रयास गरिरहेका छन् भनेका छन् । शुक्रबार उनको पक्षलाई थाहा पाएपछि बैंकहरूले अब अनिल अम्बानीको बिरूद्ध कारबाही गर्ने र सबै सम्भावित विकल्प अपनाउने निर्णय गरिसकेका छन।
बेलायती अदालतले २२ मेको आफ्नो आदेशमा अनिल अम्बानीलाई चिनियाँ बैंकहरुलाई ५२७६ करोड रुपैयाँ भारु र तीन चिनियाँ बैंकहरुलाई ७.०४ करोड रुपैयाँ खर्च गरेका छन । ब्याज, आदि जोडेर, यो ५२८१ करोड रुपैयाँ भारु जुनसम्म भएको विवरण दिएका छन् ।
टाइम्स अफ इण्डियाको समाचारका अनुसार चिनियाँ बैंकहरू अनिल अम्बानीको मन्जुरी पत्रको लागि कुर्दै थिए। वास्तवमा, जून २९ मा बेलायती अदालतले अनिल अम्बानीलाई उनको मन्जुरीनामा पत्रमा उनको विदेशी सम्पत्ति, आय, दायित्व, बैंक स्टेन्टमेन्ट, शेयर सर्टिफिकेट, ब्यालेन्स सीट आदि बारे पूर्ण जानकारी दिन आग्रह गरेको थियो । तर शुक्रवारको सुनुवाईभन्दा अघि अनिल अम्बानीले अदालतको आदेश प्राप्तभन्दा पहिला उनको वित्तीय विवरण सहितको कागजात कुनै पनि तेस्रो पक्षलाई नदिने भनेर निर्णय गरे ।
प्रतिक्रिया दिनुहोस