काठमाडौं । वाइड बडीमाथि छानविन गरिरहेको संसदीय समितिले चार वर्षअगाडि किनिएका एयरबसकै दुइटा न्यारो बडी जहाजमा पनि अनियमितता भएको औंल्याएको छ ।
नेपाल बायुसेवा निगमले ल्याएका ए३२०-२०० सिरिजका न्यारोबडीमा पनि खरिद प्रक्रिया मिचेको र बजार मूल्यभन्दा बढी रकम खर्चिएर अर्बौ रुपैयाँ हानि पुर्याएको समितिको ठम्याइ छ । ती जहाज हालका कार्यकारी अध्यक्ष मदन खरेल महाप्रबन्धक हुँदा किनेका हुन् । असार १४ र साउन १० मा भित्र्याएका ए ३३०-२४३ वाइड बडी भने भर्खरै बाहिरिएका महाप्रबन्धक सुगतरत्न कंसाकारले ल्याएका हुन् ।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अनिमितताको निचोडसहित यसमा छलफल सुरु गरेको छ । वाइड बडीका सम्बन्धमा छलफल गर्न शुक्रबार डाकिएको बैठकमा पत्रकारलाई निषेध गरिएको थियो । बैठकमा न्यारो बडीका विषयमा गहन छलफल भएको एक सहभागीले बताए ।
समितिले वाइड बडी खरिद छानसिवन गर्न दीपकप्रकाश भट्टको संयोजकत्वमा मंसिर १९ गते उपसमिति गठन गरेको थियो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस