aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

निःशुल्क खाना खाने ? धादिङ जानुहोस्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २५ जेठ २०७६
निःशुल्क खाना खाने ? धादिङ जानुहोस्

धादिङ । थाक्रे गाउँपालिका-५ तसर्पुमा बिहान ९ बजे विद्यालय पोसाकमै बालबालिका एउटा ठूलो हलभित्र प्रवेश गर्छन् । तर, उनीहरुसँग कापीकिताब हुन्न । कुनै कार्यक्रममा गएका हुन् कि भन्ने लाग्छ । आदर्श मावि र शिवशंकर आधारभूत विद्यालयका विद्यार्थीको एक दशकदेखिको यो दैनिकी हो यो । विद्यालयमा कापीकिताब राखेर उनीहरु खाना खान जनभोजनालय जान्छन् । मेलापातका कारण घरमा खाना बनाउन नभ्याएका स्थानीय र बृद्धबृद्धा पनि जनभोजनालयमै खाना खान्छन् । 

थाक्रे ५ दामचौरमा प्रेमसागर फाउन्डेसनले मानव सेवाका लागि जनभोजनालय स्थापना गरेको थियो । यसले १० वर्षदेखि धादिङ र मकवानपुरका २ हजार ५ सय जनालाई निःशुल्क खाना र खाजा खुवाउँदै आएको छ । 'दैनिक ५ सय स्थानीय र २ हजार बालबालिकालाई पौस्टिक, सन्तुलित, ताजा खाना र खाजा खुवाउँदै आएको १० वर्ष भयो' फाउन्डेसनका उपाध्यक्ष प्रेमराज ढुंगेलले भने । 

जनभोजनाल सञ्चालनका लागि फाउन्डेसनले १५ रोपनी जग्गामा तरकारी लगाएको छ । फाउन्डेसनको एक दिनमा २५ हजार खर्च हुने गरेको छ । एक वर्षको खर्च ९१ लाख रुपैयाँ हुन आउँछ । त्यसको आधार रकम दाताबाट संकलन हुने गरेको छ । बाँकी रकम फाउन्डेसनले जुटाउँछ । विवाहोत्सव, जन्मदिन, बाबुआमाको स्मृति दिवस, संघसंस्था स्थापना दिवसलगायत अवसरमा थुप्रै मनकारीले एक दिनबराबरको खर्च बेहोर्ने गरेका छन् । 

सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेत पनि वार्षिक दाता हुन् । उनले विवाहभोज खर्च जनभोजनालयका लागि सहयोग गरेका थिए । रुपन्देहीकी ७० वर्षीया ज्ञानकला घिमिरेले बत्ती कातेर जम्मा गरेको पैसा मानवीय सेवाका लागि दान गरेको सुनाइन् । आजको अन्न्पूर्ण पोस्ट दैनिकमा खबर छ । 

 

 

प्रतिक्रिया दिनुहोस