aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

बौद्दिक सम्पतिको चोरीमा अख्तियारको बेवास्था

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २५ जेठ २०७६
बौद्दिक सम्पतिको चोरीमा अख्तियारको बेवास्था

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि संस्थानकी पूर्वडिन चिरिक शोभा ताम्राकार विश्वविद्यालयका एक पदाधिकारीले बौद्धिक चोरी गरेको प्रमाण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेश गरे पनि कुनै कारबाही नभएको देख्दा अचम्मित छिन् ।

यसरी दोषीहरुलाई कारबाही नहुनाले त्रिविमा भ्रष्टाचारको बेथिति मौलाएको उनको अनुभव छ । त्रिवि रसायनशास्त्र केन्द्रीय विभागका प्राडा केदारनाथ घिमिरले ६ वर्षअघि प्रकाशित भारतीय लेखकहरु जेएन गुर्तु र आर कपुरको एड्भान्स फिजिकल केमेस्ट्री र जे यादवको एक्पेरिमेन्टल फिजिकल केमेस्ट्री कितावबाट हुबहु सारेर आफ्नो नाममा प्रकाशित गराएको तथ्य फेला परेको पूर्वडिन ताम्राकारले बताएको खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस