aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

यसो भन्छन् श्रीमतीमाथि निर्घात कुटपिट गरेका भारतका वरिष्ठ प्रहरी अधिकारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ असोज २०७७
यसो भन्छन् श्रीमतीमाथि निर्घात कुटपिट गरेका भारतका वरिष्ठ प्रहरी अधिकारी

एजेन्सी । भारतको मध्य प्रदेशका वरिष्ठ प्रहरी अधिकारी पुरुषोत्तम शर्माको भिडियो भाइरल भएको छ जसमा उनी आफ्नी श्रीमतीलाई निर्घात रुपमा कुटिरहेको देखिएका छन् ।

बीबीसीले यो भिडियो प्रमाणित गर्न नसक्ने बताएको छ । तर यो भिडियो सार्वजनिक भएपछि मध्य प्रदेश महिला आयोगले स्वतः सज्ञान लिँदै यसका लागि अधिकारीलाई नोटिस दिने निर्णय गरेको छ । पुरुषोत्तम शर्माले मिडियामा यसलाई आफ्नो नीजि पारिवारिक मामिला बताएका छन् ।

महिला आयोगकी अध्यक्ष शोभा ओझाले भनेकी छिन्, ‘यो मामिला पूर्ण रुपमा घरेलु हिंसा हो । त्यसैले आयोगले यो मामिलामा नोटिस दिनुका साथै एफआईआरको सिफारिस गर्ने निर्णय दिएको छ । यसमा कारवाहीका लागि हामी गृहमन्त्रीलाई पनि पत्र लेखिरहेका छौं ।’

भाइरल भएको भिडियो डायरेक्टर जनरल पुलिस (अभियोजन) पुरुषोत्तम शर्माको बताइएको छ । खबरका अनुसार यो भिडियो उनका छोराले नै गृहमन्त्री, पुलिस महानिर्देशक र मुख्य सचिवलाई कारवाहीका लागि पठाएका हुन् ।

मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले मिडियासँगको कुराकानीमा पुरुषोत्तम शर्मालाई कर्मयुक्त गरिदिएको जानकारी दिए ।

शिवराज सिंह चौहानले भने, ‘जिम्मेवार पदमा बसेका कुनै पनि व्यक्ति यदि गैर–कानूनी गतिविधि गर्छन्, कानून आफ्नो हातमा लिन्छन् भने जो सुकैलाई पनि कारवाही गरिनेछ ।’

घटनाको जुन भिडियो भाइरल भएको छ, त्यो आइतबारको बताइएको छ । एक भिडियोमा पुरुषोत्तम शर्मा आफ्नी महिला मित्रको घरमा गएका थिए । अचानक उनकी श्रीमती त्यो घरमा पुग्छिन् ।

 त्यसपछि पुरुषोत्तम शर्मा रिसाउँदै त्यहाँबाट जान्छन् । भिडियोमा उनले भनेको सुन्न सकिन्छ, ‘कसैलाई भेट्नु अपराध हो र ?’

पुरुषोत्तम शर्माकी श्रीमती जब घर आउँछिन् तब उनीसँग कथित कुटपिट हुन्छ । अर्को भिडियोमा देख्न सकिन्छ कि उनले आफ्नी श्रीमतीलाई लडाइदिएका छन् र उनलाई निर्घात कुटिपिट गरिरहेका छन् । उनको घरमा काम गर्ने दुई कर्मचारीलाई पनि यो भिडियोमा देख्न सकिन्छ । सिसिटिभी क्यामराबाट लिइएको यो भिडियो उनको घरको बताइएको छ ।

भिडियोमा पुरुषोत्तम शर्माले भनेको सुन्न सकिन्छ कि, ‘यो मेरो नीजि मामिला हो, बीचमा नआउनुहोस् ।’ यस्तै पुरुषोत्तम शर्माले मिडियासँगको कुराकानीमा यसलाई आफ्नो नीजि मामिला बताएका छन् ।

उनले एक बयान जारी गर्दै भने, ‘यो मेरो र मेरी श्रीमतीबीचको पारिवारिक मामिला हो । उनी मसँग रिसाएकी छिन् भने मसँग किन बसिरहेकी छिन् । मेरो पैसा किन प्रयोग गरिरहेकी छिन्, मेरो पैसामा विदेश यात्रा किन गर्छिन् ? ’

उनले थपे, ‘१२ वर्षदेखि ममाथि शंका गरिरहेकी छिन् । सन् २००८ मा पनि मुद्दा दर्ता गरेकी थिइन् । मैले कुटपिट गरेको होइन । मैले आफ्नो बचाउ मात्र गरेको हो । उनले मलाई कोठामा आएर हमला गरेकी थिइन् । त्यसैले मैले आफ्नो बचाउ गरेको हुँ । बस धक्का–मुक्का मात्र भएको हो ।’

प्रतिक्रिया दिनुहोस