aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

पुनः शुरु भयो नेपाली सेनामा रोकिएको भर्ना प्रक्रिया (सूचनासहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ असोज २०७७
पुनः शुरु भयो नेपाली सेनामा रोकिएको भर्ना प्रक्रिया (सूचनासहित)

काठमाडौं । कोरोना भाइरसका कारण रोकिएको नेपाली सेनाको भर्ना प्रक्रिया पुनः शुरु हुने भएको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले कोरोना भाइरसका कारण रोकिएको भर्ना प्रक्रिया पुनः सुचारु गरिएको जनाएको हो । 

निर्देशनालयले गत माघमा विभिन्न पदहरुमा खुलाएको विज्ञापन कोरोनाका कारण चैत ६ गते स्थगित गर्ने निर्णय गरेकोमा मंगलबार एक सूचना प्रकाशित गरेर पुनः सुचारु गरिएको जानकारी दिएको हो । 

यस्तै भर्ना छनौटसम्बन्धी विस्तृत जानकारी सेनाको वेबसाइटका साथै सेनाकै मोबाइल एप्स ‘नेपाली आर्मी’ मा हेर्न सकिने छ । यस्तै लोकसेवा आयोगको वेबसाइटमा समेत हेर्न सकिनेछ । 

सेनाले थप जानकारी लिनु परेमा भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागको सम्पर्क नम्बर ४२४६९५० वा मोबाइल नम्बर ९८६३०३१५६१ सम्पर्क गर्न समेत सूचीत गरेको छ । 

प्रतिक्रिया दिनुहोस