aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

अनिल अम्बानीले १२ वर्षमा ३ लाख ९८ हजार करोडको सम्पत्ति गुमाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ असोज २०७७
अनिल अम्बानीले १२ वर्षमा ३ लाख ९८ हजार करोडको सम्पत्ति गुमाए

एजेन्सी । अनिल अम्बानीले बेलायतको अदालतमा दैनिय रूपमा भने दैनिक खर्च गर्नका लागि घरका गहनाहरू पनि बेच्नुप¥यो। अचम्मको कुरो यो छ कि कुनै समय भारतको विशाल कम्पनी थियो । एक समय ठूलो रकम र सम्पत्ति आर्जन गर्ने अनिल अम्बानी आजको यो अवस्थामा आइपुगे । अनिल अंबानी कसरी ऋणमा फसे र उनको ४ लाख करोड कम्पनीहरूबाट आज२ हजार करोडको बजार क्यापमा कसरी सीमित भए । 

रिलायन्सको कारोबार मुकेश र अनिल अम्बानीबाट उनीहरुका पिता अनुभवी व्यवसायी धीरूभाई अम्बानीबाट आएको थियो । यद्यपि  दुई दाजुभाईमा सम्पत्ति बाँडफाँडको बारेमा पछि विवाद भयो । आमा कोकिला बेन र परिवारका अन्य धेरै सदस्यहरूको दबाबमा सम्पत्ति विभाजित भयो । मुकेश अम्बानीले पुरानो पेट्रोकेमिकल व्यापार लिए । जबकि अनिल अम्बानीले नयाँ युगको टेलिकम, वित्तीय सेवा र ऊर्जा व्यापार पाए ।

नयाँ प्रविधि र नयाँ युगको व्यापार त पाए , तर नयाँ युगको कारोबारको साथ पनि अनिल अम्बानीले केही अचम्मका काम गर्न सकेनन् । अर्कोतर्फ, मुकेश अम्बानीले निरन्तर प्रगति गर्दै गए । अनिल अम्बानीको दूरसञ्चार व्यवसायका लागि अत्यन्त महत्वाकांक्षी योजना थियो । उनी टेलिकम, पावर र पूर्वाधारका देशको सब भन्दा ठूलो खेलाडी बन्न चाहन्थे । तर उनलाई यी नै महतवाकाक्षीले नै सखाप बनायो । 

सन् २००२ मा आरकोमको परिचयमा एडीएजीले कोड डिभिजन बहुविध (सीडीएमए) टेक्नोलोजी अपनाउने निर्णय ग¥यो । जुन एकदम गलत निर्णय थियो । यो प्रविधि २ जी र ३ जीमा सीमित प्रविधि हो ।  त्यसोभए जब ४ जी र ५ जीको युग तत्कालै आयो ।  आरकम टेलिकम यसकै कारण मैदानबाट बाहिरन पर्यो । २००८ मा आरकमले स्पेक्ट्रम पाउँदा यसको २५,००० करोड ऋण थियो । 

रिलायन्स पावरले २००८ मा आईपीओबाट ११,५६३ करोड रुपैयाँ भारु त जुटायो । तर, यसले २८,२०० मेगावाट क्षमताको १३ ग्यास, कोइला र जलविद्युत् आयोजनाहरूको लक्ष्य पुरा गर्ने लक्ष राखे ।  तर यी परियोजनाहरूले ग्यास पाउन सकेनन् । दाजु मुकेश अम्बानीले सस्तो दरमा ग्यास किने । पछि सर्वोच्च अदालतले पनि मुकेशको पक्षमा फैसला सुनायो ।  अनिल अम्बानी रिलायन्स पावरको सम्पत्ति बेच्न बाध्य भए । कम्पनीको १.२ लाख करोड रुपैयाँ भारुको लगानी अड्कियो । 

२०१५ मा, अनिल अम्बानीले डिफेन्स क्षेत्रमा हाल हाल्दै पिपवाव डिफेन्स किने । डिफेन्स क्षेत्रमा प्रवेश गर्दा कम्पनीले पहिले नै ७,००० करोड ऋण थियो । यसका कारण लगभग १०,७०० करोडको ऋणा चुक्ता गर्न सकेन । भारतीय आईडीबीआई बैंक र आइएफसीआईले लिलाम गरे । 
र र ११
२०१८ सम्ममा अनिल धीरुभाई अम्बानी (एडीएजी) समूह कम्पनीहरूको १.७२ लाख करोड ऋणमा डुबिसकेको थियो । समूहको कम्पनी, रिलायन्स कम्युनिकेसनले करिब ४६,००० करोड रुपैयाँ ऋणका कारण बैंकरप्सी मुद्दामा अदालतमा लामो समयसम्म मुद्दा खेप्नु पर्यो ।  आर्थिक वर्ष २०१० सम्ममा आरकमको आम्दानी १,७३४ करोड रुपैयाँ भारुमा झरेको छ जुन आर्थिक वर्ष २०१० मा २७७१० करोड रुपैयाँ भारु थियो ।

यूपीए सरकारमा २ जी स्पेक्ट्रमका घोटालामा २ लाख करोड रुपैयाँको प्रोजेक्ट पस्यो । अनिल अम्बानी समूहका लागि अर्को झटका साबित भयो । २०१८मा, अनिल अम्बानीले टेलिकमको एजीएमबाट घोषणा गरे अब टेलिकम क्षेत्रबाट बाहिर जाँछौं । 

भारतीय स्टेट बैंकको नेतृत्वमा धेरै बैंकले रिलायन्स कम्युनिकेसन र रिलायन्स इन्फ्राटेललाई १,२०० करोड रुपैयाँ ऋण दिएका थिए । यसका लागि अनिल अम्बानीले व्यक्तिगत ग्यारेन्टी दिएका थिए । नेसनल कम्पनी कानून न्यायाधिकरणले अनिल अम्बानीको बिरूद्ध आदेशमा उनका कम्पनीको सम्पत्ति इन्सोल्भन्सी प्रक्रिया सुरु गर्ने आदेश दिएका छ ।

सन् २००८मा, अनिल अम्बानीको रिलायन्स समूह (एडीएजी) का कम्पनीहरूको बजार मूल्य झण्डै ४ लाख करोड रुपैयाँ पुगेको थियो । तर अहिले उनीहरूका सबै कम्पनीहरूको कुल बजार मूल्य झण्डै २ हजार करोड रुपैयाँमा सिमित भएको छ ।

आज रिलायन्स क्यापिटलको मार्केट क्याप मात्र २०२ करोड छ । रिलायन्स इन्फ्रास्ट्रक्चरको मार्केट क्याप ६०६ करोड रुपैयाँ भारु, आरकामको मार्केट क्याप २२४७ करोड रुपैयाँ भारु, रिलायन्स पावरको मार्केट क्याप ७९४ करोड भारु, रिलायन्स होम फाइनान्सको शेयर ८६.२५ करोड भारु, रिलायन्स नेवल एण्ड इन्जिनियरि २१७ रुपैयाँ भारु छ ।

प्रतिक्रिया दिनुहोस