_20200924083424.jpg)
एजेन्सी । सुशान्त सिंह राजपूतको मृत्युसँग जोडिएको ड्रग्स मामिलाको अनुसन्धानमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले चार नायिकाको बैंक खाता अनुसन्धान गर्ने भएको छ । एनसीबीले दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपुर र रकुलप्रित सिंहको बैंक खाताबाट भएको कारोबारको अनुसन्धान गर्ने भारतिय सञ्चार माध्यमले जनाएका छन् ।
नायिकासँग एनसीबीका अधिकारीले ड्रग्ससँग जोडिएको ह्वाट्सएप च्याटबारे थुप्रै घण्टा सोधपुछ गरिसकेको छ । मिडिया रिपोर्टका अनुसार अब उनीहरुले ड्रग्स खरिद गर्नका लागि केही ट्रान्ज्याक्सन गरेका छन् छैनन् भनेर जान्ने कोसिस भइरहेको छ ।
भारतीय मिडियाका अनुसार चारै नायिकाले पछिल्लो तीन वर्षमा क्रेडिट कार्डमार्फत् गरिएको भुक्तानीको अनुसन्धान गरिएको छ । एनसीबीलाई उद्धृत गर्दै भारतीय मिडियाले दाबी गरे अनुसार ड्रग्स मामिलामा बलिउडका थुप्रै ठूला निर्माता र ७ ठूला नायकमाथि पनि सोधपुछ गरिनेछ ।
यता, लागु औषध खरिद तथा प्रयोगको आरोपमा हाल जेल पुगेकी बलिउड अभिनेत्री रिया चक्रवर्तीको जमानत उजुरीविरूद्ध एनसिबीले अदालतमा आफ्नो जवाफ पेस गरेको छ। सेसन कोर्टले जमानत याचिका खारेज गरेपछि रियाले मुम्बई उच्च अदालतमा जमानतका लागि निवेदन दिएकी थिइन। निवेदनमा अदालतले आज सुनुवाइ गर्दैछ।
एनसिबीका अनुसार शोविक चक्रवर्तीसँग भएको सोधपुछमा उनले अब्दुल बासित, कैजान र जैदबाट लागुऔषध खरिद गर्ने गरेको बयान दिएका थिए। यो लागुऔषध किन्न दिवंगत अभिनेता सुसान्त सिंह राजपुतको पैसा प्रयोग हुनेगर्थ्यो र सो कार्य रियाको प्रत्यक्ष जानकारीमा हुन्थ्यो। स्यामुअल मिरान्डाले पनि सुशान्त र रियाले भनेको आधारमा लागुऔषध किन्ने गरेको बताएका थिए।
प्रतिक्रिया दिनुहोस