aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

फेरि बढ्यो सुनको मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ असोज २०७७
फेरि बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सोमबार स्थिर रहेको सुनको मूल्य आज बढेको छ । सोमबार सुनको मूल्य तोलामा ९३ हजार ३ सयमा कारोबार भएको आज तोलामा ९ सयले बढेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ७ सय निर्धारण गरिएको छ ।   

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ११७५ रहेको महासंघले जनाएको छ ।     

प्रतिक्रिया दिनुहोस