aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

ओलीले बिर्सिएको र प्रचण्डले पुरा गरेको दायित्व

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २५ जेठ २०७६
ओलीले बिर्सिएको र प्रचण्डले पुरा गरेको दायित्व

काठमाडौं । मुगुको रारातालबाट ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुमा कार्मारोङ गाउँपालिका–८ माग्रीकी आठ वर्षीया ठिन्ले माङ्मु लामाको अभिभाकत्व ग्रहण गरे ।

आर्थिक अभावकै कारण कोही पनि बालबालिका विद्यालयबाहिर रहन नपरोस् भन्ने उद्देस्य राखेर प्रधानमन्त्रीले सुरु गरेको अभियानको धेरेले सिको गरे । राराकै प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि छिरिङ छोङ्जुम लामाको अभिभावकत्व ग्रहण गरिन् । 

तर, विडम्बना, प्रधानमन्त्री स्वयंले अभिभाकत्व ग्रहण गरेकी बालिका ठिन्ले ज्यान जोखिममा राखेर पढाइ खर्च जुटाउन अहिले यार्सा खोज्न उच्च हिमाली पाटन पुगेकी छिन् । 

यसैबिच नेकपा अध्यक्ष पुष्पकमल दाहाल गत वर्षको बैशाख ५ गते दुई बालकको अभिभावक बनेका थिए । उनले मेघौलीको मुसहर समुदायका दुई बालकको अभिभावकत्व ग्रहण गरी उनीहरुलाई भरतपुर महानगरपालिका वडा नम्बर २८ मा रहेको साझापुर माध्यमिक विद्यालयमा भर्ना गराएका थिए । गत वर्षको भर्ना अभियानमा दाहालले मेघौलीका प्रत्रुसलाई शिशु कक्षामा र अरुणलाई कक्षा १ मा भर्ना गराएका थिए । अहिले प्रत्रुस युकेजीमा र अरुण कक्षा २ मा पढ्छन् । 

दाहालले अभिभावकत्व लिदाँका बखत प्रत्रुसको खाजा, पोसाक, किताब र कापी समयोग गर्ने भनेका थिए । त्यसै अनुसार दाहालबाट प्रत्रुसलाई हरेक दिन ३० रुपैयाँबराबरको खाजा र आवश्यक स्टेसनरी सहयोग भइरहेको उनकी आमा लक्ष्मी मुसहरले बताईन् । प्रत्रुसका बाबु सुरज ज्यालामजदुरी गर्छन् । यो समाचार आजको नागरिक दैनिकमा छ । 


 

प्रतिक्रिया दिनुहोस