
एजेन्सी । एसियाका सबैभन्दा धनी व्यापारी तथा भारतीय रिलायन्स उद्योगका प्रमुख मुकेश अम्बानीले लकडाउनको अवधिमा हरेक घण्टा ९० करोड रूपैयाँ भारु आम्दानी गरेका छन् । उनको कुल सम्पत्ति ६५८,४०० करोड रुपैयाँ भारु पुगेको छ । यो आइआइएफएल वेल्थ हारुन इण्डिया रिचले प्रकाशित गरेको २०२० को सूचीमा उक्त दावी गरिएको छ ।
प्रतिवेदनका अनुसार गत १२ महिनामा मुकेश अम्बानीको सम्पत्ति ७३ प्रतिशतले बढेर २.७७ लाख करोडबाट ६.५८ लाख करोड भारु पुगेको छ । उनी अहिले एशियाको सबैभन्दा धनी मानिस मात्र होइनन उनी विश्वको चौथो सबैभन्दा धनी व्यक्ति पनि बनेका छन् ।
वर्ष २०२० को यस सूचिमा भारतका ती धनी व्यक्तिहरू जसको सम्पत्ति ३१ अगस्ट २०२० मा १,००० करोड़ वा सो भन्दा बढी थियो । यस सूचीमा लन्डनमा बस्ने हिन्दुजा भाइहरू दोस्रो स्थानमा छन् । उनीहरुको संयुक्त सम्पत्ति १४३७०० करोड भारु छ । तेस्रो स्थानमा एचसीएलका शिव नादर छन् । जसको सम्पत्ति १४१७०० करोड भारु छ भने गौतम अदानी र उनका परिवार १४०,२०० करोड भारुका साथ चौथो स्थानमा छन् ।
भारत इन्फोलाइन फाइनान्स सीमित सम्पत्ति हारुन इण्डिया रिच लिस्ट २०२० अनुसार गत पछिल्लो ५ बर्षमा १,००० करोडभन्दा बढी सम्पत्ति बढाउन भारतीयहरूको संख्या तीन गुणाले वृद्धि भइ ८२८ पुगेको छ । यद्यपि यो संख्या २०१९मा ९५३ र २०१८ मा ८३१ थियो ।
प्रतिक्रिया दिनुहोस