काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । मंगलबार सुनको मूल्य तोलामा ९४ हजार २ सयमा कारोबार भएको आज तोलामा ५ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार २ सय निर्धारण गरिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ११९० रहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस