
क्लिभल्याण्ड । अमेरिकामा आगामी नोभेम्बर महिनामा हुने राष्ट्रपतीय निर्वाचनका लागि बुधबार पहिलो प्रत्यक्ष बहस भएको छ । बहसमा राष्ट्रपतिका उम्मेदबारद्वयमध्ये वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्का प्रतिस्पर्धी तथा पूर्व उपराष्ट्रपति जोन वाइडेनका बीचमा आरोप प्रत्यारोप भएको थियो ।
ट्रम्प र बाइडेनबीच इतिहासकै ‘खराब’ टिभी बहस भएको टिप्पणी गरिएको छ । बाइडेनलाई बोल्नै नदिने गरी हस्तक्षेपको तहमा उत्रिएपछि ट्रम्पलाई कार्यक्रम सञ्चालकले उँचो श्वर गरेर हकार्नु परेको थियो ।
ट्रम्पको प्रस्तुति राम्रो नभएको र फितलो भएको धेरैले टिप्पणी गरेका छन् भने वाइडेनको प्रस्तुति भद्र र सकारात्मक भएको कतिपयको भनाई छ । बहस विषेशगरेर कोरोनाभाइरस, देशको अर्थतन्त्र, रोजगारी, सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति, अन्तर्राष्ट्रिय राजनीतिलगायतका विषयमा केन्द्रित भएको थियो ।
बसहलाई १५/१५ मिनेटको छ भागमा प्रस्तुत गरिएको थियो भने विषयबस्तुहरु पनि त्यही अनुसार उठान गरिएको थियो । राष्ट्रपति ट्रम्पले कर छलेकोसम्वन्धी समाचार सार्वजनिक भएको र बाइडनले आफ्नो कर विवरण सार्वजनिक गरेकै बेला बहस भएको हो ।
पहिलेदेखि नै मुलुकका अत्यन्त धनी व्यवसायीमा गनिनुहुने ट्रम्पले सन् २०१६ मा ७५० डलर मात्र आयकर तिरेको समाचारमा उल्लेख गरिएको छ । तर बहसका क्रममा राष्ट्रपति ट्रम्पले आफूले करोडौं डलर कर तिरेको दाबी गर्नु गरेका थिए ।
उनका बारेमा नकारात्मक सूचना प्रवाह भइरहेका बेला भएको कार्यक्रममा ट्रम्प दवावमा देखिएका थिए । उनलाई कर छलिसँगै कोरोनाभाइरसबाट उत्पन्न महामारी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको बारेमा उठाइएको प्रश्नमा उहाँले बढी दवाव महसुस गरेको देखिएको थियो ।
उाले आफुलाई केही गर्न नसकेको र असफल राष्ट्रपतिको आरोप लागिरहेका बेला वाइडेनले पनि लामो समय विभिन्न जिम्मेबारी पाएर पनि केही गर्न नसकेको जवाफ दिएका थिए । ट्रम्पले बाइडनलाई जवाफ दिँदै दावीका साथ भने, “मैले ४७ महिनामा तपाईँले ४७ वर्षमा गरेको भन्दा धेरै काम गरेको छु ।”
उहाँले यो पहिलो बहसबाट दिन खोजेको मुख्य सन्देश नै यही थियो भन्ने देखिएको छ । उनको यही जवाफलाई ट्रम्प र उहाँका समर्थकहरुले बढी महत्व दिएर प्रचार गरेको र त्यही भिडियो क्लिप बढी सेयर गरिएकाले उहाँले यसैलाई स्थापित गर्न खोजेको जस्तो देखिएको हो ।
“अमेरिकीहरुले अहिले पनि धेरै समस्याहरु झेलेका छन्, ती समस्याहरु वाइडेनले झण्डै आधा शताब्दी सार्वजनिक जिम्मेबारी सम्हाल्दा देखिका हुन्, उनले त्यसलाई समाधान गर्न कुनै सफलता हासिल गरेको देखिएको छैन, त्योभन्दा बढी त मैले छोटो समयमा गरेको छु,” उनको भनाई छ ।
बहसका क्रममा ट्रम्पले आफ्नो ठाउँमा अहिले बाइडेन भएको भए अमेरिकामा अझ धेरै मानिसको मृत्यु भएको हुने दावी गर्नुभयो । वाइडेनले भने कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न ट्रम्पले कुनै योगदान गर्न नसकेको र अर्थतन्त्र सुधार तथा बचाउका लागि कुनै योजना नरहेको आरोप लगाए ।
उहाँले साना ठूला कुनै पनि व्यवसायीहरुलाई राज्यले केही नगरेको र राज्य मुकदर्शक भएको टिप्पणी गरे । ट्रम्पले मास्कको प्रयोगको विषयलाई पनि गलत रुपले प्रस्तुत गरेको वाइडेनले आरोप लगाएका थिए ।
बसहमा वाइडेन निकै कम मात्रै बोल्नु भएको थियो भने धेरै समय ट्रम्पले लिनु भएको थियो । वाइडेनले बोलिरहेका बेलामा पनि ट्रम्पले पटक पटक हस्तक्षेप गर्दै जवाफ दिने वा खण्डन गर्ने गरेका थिए । राष्ट्रपति ट्रम्पले अमेरिकाले कोरोनाबाट मृत्यु भएकाहरुको तथ्याङ्क यथार्थ सार्वजनिक गरेको र भारत, रुस, चीनलगायतका देशहरुले घटाएर मात्रै विवरणहरु सार्वजनिक गरेको दावी गरे ।
अमेरिकाले मास्क, पिपिई किटलगायतका सामग्रीका साथमा कोरोनाभाइरसविरुद्ध लडिरहेको बताउदै उहाँले केही समयमा खोप पनि वितरण गरिने बताए । ट्रम्पका कतिपय दावीहरुलाई वाइडेनले हाँसेर हल्का बनाइदिने गरेका थिए । बहसमा ट्रम्प तनावमा जस्तो र वाइडेन सहज जस्तो देखिएका थिए ।
कोरोनाभाइरसको त्रासका कारण वहस प्रसारण गरिएको स्टुडियोमा यस पटक निकै थोरै मानिसहरू मात्र सहभागी गराइएको थियो । बहस सुरु गर्नुअघि हात मिलाउने प्रचलन भएपनि यस पटक भने कोरोनाभाइरसकै कारणले दुई प्रतिस्पर्धीले हात पनि मिलाएको थिएनन् । अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि प्रतिस्पर्धामा रहेका उम्मेदवारलाई सँगै राखेर प्रत्यक्ष बहस गराउने प्रचलन लामो समयदेखि चल्दै आएको छ ।
टेलिभिजनहरुबाट प्रत्यक्ष प्रसारण गरिने यस्तो बहसलाई महत्वका साथ लिइन्छ भने यहाँको प्रस्तुतिकै आधारमा मतदाताले छनौटको मानसिकता बनाउने गरेको विश्वास गरिन्छ । बहस लाखौँ मानिसले हेरेको बताइएको छ । बहसको अरु चरण पनि हुनेछ ।
प्रतिक्रिया दिनुहोस