aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

पेप्सिकोलामा ग्यास बिस्फोट हुँदा ५ जना घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ असोज २०७७
पेप्सिकोलामा ग्यास बिस्फोट हुँदा ५ जना घाइते

काठमाडौं । खाजा बनाउनको लागि ग्यासको रेगुलेटर खोलेर लाइटर बाल्ने क्रममा ग्यास बिस्फोट हुँदा ५ जना घाइते भएका छन् । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा स्थित पेप्सिकोलामा ग्यास सिलिन्डर लिक भइ बिस्फोट हुँदा ५ जना घाइते भएका हुन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार घाइते हुनेहरूमा सुनिता कार्की, पर्वत कार्की, हेमा कार्की, रमेश कार्की र मिना खड्का रहेका छन् ।
घाइते उनीहरूको नजिकैको मदर ल्यान्ड अस्पतालमा उपचार भइरहेको छ । ग्यास बिस्फोटबाट घरधनी कृष्ण कार्कीको घरमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस