
एजेन्सी । देशको सबैभन्दा ठूलो व्यापारी मुकेश अम्बानी रिलायन्स रिटेलले अर्को ठूलो लगानी पाएको छ । प्राइभेट इक्विटी फर्म जनरल एट्लान्टिकले रिलायन्सको कम्पनी रिटेल भेन्चर लिमिटेड (आरआरवीएल) मा ३,६७५ करोड भारु लगानी गर्ने भएको छ । यस कम्पनीले रिलायन्स रिटेलमा ०.८४ प्रतिशत शेयर हिस्सा लिनेछ ।
यस अघि कम्पनीले रिलायन्सको जियो प्लेटफर्ममा पनि लगानी गरिसकेको छ । यस बाहेक युएई कम्पनी मुबाडालाले रिलायन्स खुद्रा व्यापारमा ७४०० करोड रुपैयाँ भारु लगानी गर्न संकेत दिएको छ । हालै अमेरिकी निजी इक्विटी कम्पनी सिल्वरलेक पार्टनर्स र केकेआरले रिलायन्स रिटेलमा लगानी गरेको छन् ।
हालसालै, रिलायन्स रिटेलले अमेरिकी निजी इक्विटी कम्पनी सिल्वरलेक पार्टनर्सबाट ७५०० करोड रूपैयाँ भारु लगानी गरिसकेको छ । यस्तै, इक्विटी फर्म केकेआरले पनि रिलायन्स रिटेलमा ५,५५० करोड भारु लगानी घोषणा गरेको छ । यो लगानी पछि केकेआरको रिलायन्स रिटेलमा १.२८ प्रतिशत शेयर भएको छ ।
यसभन्दा पहिला सोशल साइट फेसबुक र ई–कमर्स कम्पनी अमेजनले पनि रिलायन्स रिटेलमा लगानी गर्न तयार भइसकेका छन । फेसबुकले जियो प्लेटफर्ममा १० प्रतिशत लगानी गरेको छ ।
प्रतिक्रिया दिनुहोस