aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

मुद्दतीमा पौने दुई अर्ब लगानी गर्दै राष्ट्र बैंक

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • विहीबार, १५ असोज २०७७
मुद्दतीमा पौने दुई अर्ब लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको एक अर्ब ७८ करोड रुपियाँ बैंक तथा वित्तीय संसथाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कोषमा रहेको सो रकम वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको २४० दिने निक्षेपमा लगानी गर्ने राष्ट्र बैंकले बुधबार जारी गरेको सर्कुलरमा उल्लेख गरेको छ ।

‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब ४२ करोड ४० लाख रुपियाँ, ‘ख’ वर्गका विकास बैंकमा २६ करोड ७० लाख रुपियाँ र ‘ग’ वर्गका वित्त कम्पनीमा आठ करोड ९० लाख रुपियाँ गरी कुल एक अर्ब ७८ करोड रुपियाँ लगानी गर्न लागेको हो ।

२०७७ कात्तिक २ देखि २०७८ जेठ ३१ सम्म २४० दिनका लागि राख्न लागिएको निक्षेप लिन चाहने संसथाले सिलबन्दी प्रसताव पेस गर्नुपर्ने छ ।

राष्ट्र बैंकका अनुसार निक्षेप लिनका लागि बैंक तथा वित्तीय संसथाले लिन चाहेको रकम तथा रकममा प्रदान गर्ने ब्याज दरसमेत उल्लेख गरी आगामी असोज १८ गतेसम्म सिलबन्दी प्रसताव पेस गनुपर्ने छ ।

निक्षेप लिनका लागि बैंक तथा वित्तीय संसथा सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको र न्यूनतम पुँजी कोष कायम हुनुपर्ने राष्ट्र बैंकको सर्त छ ।

प्रतिक्रिया दिनुहोस