aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

ड्रग्स केसमा शाहरुख खानसहित चार नायक नाम जोडियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ असोज २०७७
ड्रग्स केसमा शाहरुख खानसहित चार नायक नाम जोडियो

एजेन्सी । बलिउड ड्रग्स केसमा एकैपटक चार नायकको नाम जोडिएको छ। यसअघि बलिउड ड्रग्स केसमा भारतीय नायिकाहरुको नाम जोडिदै आएको थियो । तर, अहिले ड्रग्स केसमा चार बलिउड नायकहरुको नाम एकैपटक जोडिएको छ । 

दैनिक भास्करका अनुसार  एनसीबी अनुसन्धानका क्रममा चार बलिउड नायकको नाम जोडिएको हो । ड्रग्स केसमा नाम जोडिने बलिउड नायकहरुमा शाहरुख खान, रणबीर कपूर, अर्जुन रामपाल र डिनो मोरिया रहेका छन् । 

भाष्करले एनसीबीका अधिकारीको श्रोतलाई उदृत गर्दै जनाएअनुसार अर्जुन रामपालले शाहरुख खानलाई ड्रग्स सप्लाई गर्ने काम गर्दै आएका थिए । यसअघि बलिउड नायिकाहरुको मात्र नाम ड्रग्स केसमा जोडिएको थियो । तर पहिलोपटक बलिउड नायकहरुको पनि नाम ड्रग्स केसमा जोडिएको छ । दिल्लीका एनसीबी अधिकारीले नाम नछाप्ने शर्तमा बलिउडका ठुला नायकहरुको ड्रग्स कनेक्सनबारे खुलासा गरेको दैनिक भाष्करले जनाएको छ । 

एनसीबी अधिकारीसँगको कुराकानीको पूर्ण विवरण भास्करसँग सुरक्षित रहेको जनाइएको छ । ती अधिकारीले बलिउड नायकहरुको नाम लिँदा कोड प्रयोग गरेका थिए । उनले ए, डि, आर र एस कोडमा नामहरु बताएका थिए । ‘ए’ को अर्थ अर्जुन रामपाल, ‘डि’ को अर्थ डिनो मोरिया, ‘आर’ को अर्थ रणबीर कपूर र ‘एस’ को अर्थ शाहरुख खानको नाममा उनले संकेत गरेका हुन् । ती अधिकारीकाअनुसार रामपाल शाहरुखका लागि ड्रग्स सप्लाई गर्दै आएपनि डिनो मोरिया लगायतका नायकहरुको बारेमा भने अनुसन्धान भैरहेको छ । 

प्रतिक्रिया दिनुहोस