aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

सुनको मूल्य घट्यो, यस्तो छ आजको भाउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ असोज २०७७
सुनको मूल्य घट्यो, यस्तो छ आजको भाउ

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । बुधबार सुनको मूल्य तोलामा ९४ हजार ७ सयमा कारोबार भएको आज तोलामा २ सयले घटेको हो ।   

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार  निर्धारण गरिएको छ ।    

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ११७५ रहेको महासंघले जनाएको छ ।      

प्रतिक्रिया दिनुहोस