aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

डा.युवराज खतिवडा अमेरिकाको राजदूत, मुख्य सचिवमा वैरागी नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ असोज २०७७
डा.युवराज खतिवडा अमेरिकाको राजदूत, मुख्य सचिवमा वैरागी नियुक्त

काठमाडौं । सरकारले प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस गरेको छ । त्यस्तै, परराष्ट्र सचिव शंखरदास वैरागीलाई मुख्य सचिवमा नियुक्त गरेको गरेको छ । करिब १८ दिन पदाअवधि बाँकी रहेका मुख्य सचिव लोकदर्शन रेग्मीले पदबाट राजीनामा दिएपछि उक्त पदमा बैरागीलाई नियुक्त गरिएको हो । त्यस्तैगरि, लामो समयदेखि रिक्त रहेको अमेरिकाको राजदूतमा डा. खतिवडालाई सिफारिस गरिएको हो । 

रग्मीको कार्याकाल यहि कात्तिक ३ गते सकिँदै थियो। त्यस्तै अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीको समय सकिएको लामो समय हुँदा समेत पनि सरकारले फिर्ता नबोलाई राखेको थियो । मुख्य सचिवका दावेदार सचिवहरुमा शंकरदास वैरागी, मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारी रहेका थिए । 

रेग्मीलाई बेलायतको राजदूत नियुक्त गर्न मन्त्रिपरिषदले सिफारिस गरेको छ । दुबै जना राजदूतहरुको नियुक्ति संसदीय सुनुवाइको प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस