काठमाडौं । तिब्बेतियन बुटिक होटल साम्बालाले आन्तरिक पर्यटकलाई आकर्षित गर्न स्टेकेसन प्याकेज ल्याएको छ। दिउँसो र रातको लागि छुट्टाछुट्टै अफर उपलब्ध छन्। होटलको डे स्टे प्याकेजमा डिलक्स कोठा तीन कोर्ष खाना, पुल, वाइफाई र पार्किङको सुविधा छ। जसमा एक जनाको ५ हजार र दुई जनाको मात्र ६ हजार रुपैयाँ छ।
ओभर नाइट स्टे प्याकेजमा डिलक्स कोठा, तीन कोर्ष खाना, स्विमिङ पुल, वाइफाई र पार्किङको व्यवस्था छ। जसको मुल्य एक जनाको ७ हजार र दुई जनाको ८ हजार कायम गरिएको होटलका निर्देशक रबिन मानन्धरले बताए।
काठमाडौ उपत्यका भित्रै रिफ्रेसमेन्टका लागि होटल साम्बाला उपयुक्त ठाउँ हो। होटलको रुफटप स्वमिङ पुल र पुलसाईड क्याफेले त्यहाँ पुग्ने जो कोहिलाई मोहित बनाउँछ। होटलबाट काठमाडौं उपत्यकाको विभिन्न भाग र वरपरका पहाडहरु देख्न पाइन्छ। सुर्यास्तको दृश्य यहाँको अर्को आकर्षण हो।
होटलले परम्परागत नेपाली शैलीमा अतिथीको सत्कार गर्दै आधुनिक सुविधाहरू प्रदान गर्दै आइरहेको होटलको असिस्टेन्ट सेल्स म्यानेजर सुजाता राउतले बताइन्। साम्बाला पुग्ने हरेक मानिसले तिब्बती सम्पदा र कला संस्कृतिलाई बुझ्न र अवलोकन गर्न पाउनेछन् । डिलक्स, एक्जुकेटिभ र स्विट रुम, रेष्टुरेन्ट, स्विमिङ पुल र स्पा सबै साम्बालामा छन् जसले गर्दा अतिथिहरुले सबै सुविधाहरु एउटै छानामुनी पाउन सक्छन् ।
प्रतिक्रिया दिनुहोस