मानिसहरु धन कमाउनकै लागि दौडधूप गरिरहेका छन् । तर धन कमाउन चाहँदैमा धन कमाइने भने होइन । धन त्यसै प्राप्त हुने चिज पनि होइन । कसैलाई धनको अभाव जिन्दगीभर रहँदैन भने कोही सधै जीन्दगीभर धनको अभावमा बाँचेका हुन्छन् । त्यो अवस्था हाम्रा परिश्रम मेहनेत र आनीबानी र संस्कारमा पनि भर पर्दछ । धेरै मानिसहरुको समस्या नै हुने गर्दछ पैसा जोगाउन नसक्नु । पैसा जति कमाए पनि केहि मानिस पैसा जोगाउने सक्दैनन् ।
तपाइँ हामी सबै पर्स बोक्छौं । पर्स खाली हुने चिन्ता सबैलाई हुन्छ । पर्समा सबै कुरा राख्न नहुने बास्तुविदहरु बताउँछन् । पर्समा पैसा राखिने हुँदा यहाँ राख्ने कुराको धेरै नै ध्यान पुर्याएर राख्नु पर्ने बताइन्छ । तर, वास्तु शास्त्रका अनुसार केही यस्ता चिज छन् जसलाई पर्समा राख्दा पर्स खाली हुने चिन्ता हुँदैन अर्थात पैसाको अभाव हुँदैन । वास्तुशास्त्र अनुसार केही यस्ता चिज छन्, जुन तपाईले सधै पर्समा राख्नुभयो भने पैसाको कमी हटेर जान्छ। पैसा हातमा नटिक्ने धेरैको समस्या हुन्छ। यस्ता केही चिज छन्।
यी कुरा पर्समा राख्दा पैसाको अभाव हुँदैनः
१. बुधबारका दिन कुनै किन्नर वा समलिंगीको हातबाट थोरै पैसा लिने र त्यसलाई आफ्नो पर्सामा राख्ने ।
२.शुक्रबारको दिन पारेर महालक्ष्मीको तस्वीर पर्समा राख्नुस्, यसो गर्नाले पनि तपाइलाई पैसाको अभाव हुन नदिने वास्तु शास्त्रको विश्वास छ । पुरुषहरुले भने पर्समा लक्ष्मीको फोटो नराखेकै राम्रो हुन्छ । किनभने पुरुषहरुले पर्स पछाडी बोक्ने गर्छन् ।लक्ष्मीको फोटो पछाडी राख्नु नराम्रो मानिन्छ ।
३.पर्समा लक्ष्मीलाई चढाइएको वा पुजामा प्रयोग गरिएको एक चिम्टी चामल राख्दा पनि सकारात्मक उर्जा बन्ने वास्तु शास्त्रको विश्वास छ । यस्तो चामललाई कागजमा पोको पारेर पर्समा राख्नु उचित हुने मानिन्छ ।
४.मानिसहरुले कसै न कसैलाई गुरु मान्छन् । कतिपयलाई कुनै तर्थस्थलप्रति श्रद्धा हुन्छ । पर्समा गुरुको तस्विर हुनु वा अध्यात्मिक क्षेत्रको तस्विर हुनु सकारात्मक मानिन्छ । यसले तपाइँलाई आर्थिक अभाव हुन नदिने वास्तु शास्त्रको भनाइ छ ।
५.पर्समा लक्ष्मीको प्रतिमा, गोमती चक्र, चाँदिको सिक्का राख्नु पनि शुभ मानिन्छ । यस्ता वस्तुले पर्समा सकारात्मक उर्जा पैदा गर्ने वास्तु शास्त्रको भनाइ छ ।
६. रातो रंगको कागजमा आफ्नो इच्छा लेखेर रातो रातो रेसमी डोरीले बाँधेर पर्समा राख्दा पनि शुभ मानिन्छ ।
पिपलको पातलाई अभिमन्त्रित गरि श्रीम: लेखेर पर्समा राख्ने । यसो गर्दा पनि पनि पैसाको अभाव खड्कीदैन । विशेषत: पिपलको पात शनिवार वा शुभ दिन पारेर टिप्नुपर्छ ।
७. ठुलावडाको आशिषमा मिलेको पैसा पर्समा राख्नु पनि अति नै उत्तम मानिन्छ ।
८. बहुमती चक्रलाई पर्समा राख्दा पनि सकारात्मक उर्जा बन्ने वास्तु शास्त्रको विश्वास छ ।
९.पैसाकी देवी लक्ष्मी हुन् । लक्ष्मीको कृपा भएमा पैसा हुने विश्वास गरिन्छ । यसका लागि पर्समा श्रीयन्त्र राख्नु राम्रो हुने वास्तु शास्त्रको भनाइ छ । विधी पुर्वक पुजिएको श्रीयन्त्र पर्समा राख्दा पैसाको अभाव हुँदैन ।
प्रतिक्रिया दिनुहोस