काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेपालमा बलात्कारका घटना विश्वको तुलनामा निकै कम रहेको बताएपछि अभिनेत्री ऋचा शर्माले सामाजिक सञ्जालमा आक्रोश पोखेकी छिन् । नेपालमा बलात्कारको घटना बढ्दै गईरहेका बेला गृहमन्त्रीको यस्तो भनाईपछि ऋचाले सामाजिक सञ्जालमा नेपालमा विभिन्न समयमा गृहमन्त्री बनेका नेताहरुले दिएको बयानमा आक्रोश पोखेकी हुन् ।
पूर्व गृहमन्त्री बामदेव गौतमदेखि वर्तमान गृहमन्त्री रामबहादुर थापाले बलात्कारको बिषयमा दिएको बयानले आक्रोशित भएकी ऋचाले यी नामहहरुको इतिहासमा लेखाजोखा हुने बताएकी हुन् ।
अभिनेत्री शर्माले लेखेकि छिन्, ‘१. यस्तो बेला बलात्कार भैरहन्छ- भुकम्प पछि मा. गृहमन्त्री बामदेव गौतम, २. बलात्कार पुजिवाद ले गराएको हो-निर्मला हत्याकाण्ड पछि मा. गृहमन्त्री रामबहादुर थापा, ३. बलात्कार भनिएको केस मा ९० प्रतिशत महिला ले ईन्जोए गर्छन- मा. रामनारायण बिडारी, ४. दिन मा ७ जति मात्रै बलात्कार, चिन्ता लिनु पर्ने अवस्था होईन-मा. गृहमन्त्री रामबहादुर थापा, याद राख्नुहोला यी नामहरु, ईतिहास मा लेखाजोखा हुनेछ।’
प्रतिक्रिया दिनुहोस