aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

टोङ्गा नजिक ६.४ म्याग्नीच्यूडको भूकम्प

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ असोज २०७७
टोङ्गा नजिक ६.४ म्याग्नीच्यूडको भूकम्प

टोङ्गा । प्रशान्त महासागरीय द्वीपीय राष्ट्र टोङ्गाको नजिकै समुद्री क्षेत्रमा बिहीबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार उक्त भूकम्प जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा गएको थियो ।

टोङ्गाको तटीय इलाका नजिकको लिफुका गाउँमा निकै ठूलो भूकम्पको धक्का महशुस गरिएको भए पनि क्षतिको विवरण प्राप्त भइसकेको छैन । प्रशान्त महासागरीय मुलुक टोङ्गा भूकम्पीय जोखिमयुक्त राष्ट्र हो । 

प्रतिक्रिया दिनुहोस