aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ असोज २०७७
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

ललितपुर । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर गोदावरी नगरपालिका १२ ठेचो बस्ने ६० वर्षीय हेमकाजी महर्जन डंगोललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटनको २०७१ मंसिर २१ गतेको फैसलाले बैकिङ कसुर मुद्धामा १ करोड ६५ लाख रुपैयाँ जरिवाना र ३ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनको खोजी गर्ने क्रममा उनकै घर ठेगानाबाट पक्राउ गरेको हो । 

उनलाई  कैद तथा जरिवाना अशुलीतर्फ आवश्यक कारवाहीको लागि ललितपुर जिल्ला अदालत पठाईएको उक्त परिसरले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस