aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

भारतमा ६ वटा सरकारी बैंकको अस्तित्व समाप्त भयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ असोज २०७७
भारतमा ६ वटा सरकारी बैंकको अस्तित्व समाप्त भयो

एजेन्सी । भारतीय रिजर्व बैंकले आरबीआई ऐनको दोस्रो तालिकाबाट ओरेन्टल बैंक अफ कमर्स (ओबीसी) र इलाहाबाद बैंकलगायत ६ वटा सरकारी बैंकको नाम खारेज गरेको छ । रिजर्व बैंकले एक सूचना जारी गरेर यो जानकारी जारी गरेको छ ।

यी छ बैंकहरू सिन्डिकेट बैंक, ओरिएन्टल बैंक अफ कमर्स, युनाइटेड बैंक अफ इन्डिया, आन्ध्र बैंक, कर्पोरेशन बैंक र इलाहाबाद बैंक हुन् । ओबीसी र युनाइटेड बैंक अफ इण्डियालाई पञ्जाब नेसनल बैंक, सिन्डिकेट बैंकलाई क्यानरा बैंक, आन्ध्र बैंक र कर्पोरेसन बैंकलाई युनियन बैंक अफ इंडिया र इलाहाबाद बैंकलाई भारतीय बैंकमा गाभिएको छन् ।

 यी मर्जरहरूपछि, देशमा सात वटा ठूला र पाँचवटा सानो सरकारी बैंकहरू छन् । २०१७ मा देशमा २७ सरकारी बैंकहरू थिए । अब सरकारी बैंक जम्मा १२ मा पुगेको छन । यी सबै बैंकहरू मर्ज गरिएको हुन । यी बैंकहरु आरबीआई सूचीबाट बाहिर भएका छन् । 
 

प्रतिक्रिया दिनुहोस