aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

बिजुलीको बिलमा २५ प्रतिशतसम्म छुट

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शुक्रबार, १६ असोज २०७७
बिजुलीको बिलमा २५ प्रतिशतसम्म छुट

काठमाडौं । आफैँले मिटर रिड गरेर बिजुलीको बिल तिर्दा २५ प्रतिशतसम्म छुट पाइने भएको छ । नेपाल विद्युत् प्राधिकरणले आफैँ मिटर रिडिङ गरी अग्रिम महसुल भुक्तानी गरेको खण्डमा २५ प्रतिशतसम्म छुट दिने भएको हो ।

प्राधिकरणले बिहीबार सूचना गारी गरी जरिवानाबाट बच्न तथा समयसमेत बचाउन उक्त व्यवस्था गरिएको जनाएको छ । प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ग्राहकलाई जरिवाना नलिन निर्देशन दिए अनुसार नै प्राधिकरणले सूचनामार्फत अग्रिम भुक्तानी गर्न र २५ प्रतिशतसम्म छुट लिन आग्रह गरेको हो । नियमानुसार ग्राहकले मिटर रिडिङ हुने दिन समेत गरी ७ दिनभित्र बिल भुक्तानी गर्दा बिल रकममा २५ छुट पाइँदै आएको स्मरण गरेको छ ।

यस्तै ८ औंँ दिनदेखि १५औँ दिनसम्म बुझाएमा बिल रकम मात्र बुझाए हुने व्यवस्था छ । निमायनुसार १६ औँ दिनदेखि ३०औँ दिनसम्म बुझाएमा पाँच प्रतिशत थप शुल्क लाग्दछ । ३१औँ दिनदेखि ४०औँ दिनसम्म बुझाएमा १० प्रतिशत र ४१औँ दिनपछि भने २५ प्रतिशत थप दस्तुर लाग्छ । ६०औं दिनभित्र पनि महशुल भुक्तानी नभएका जुनसुकै समयमा विद्युत् लाइन काट्न सकिने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस