aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

पपुवा न्यूगिनीमा शक्तिशाली  भूकम्प

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ असोज २०७७
पपुवा न्यूगिनीमा शक्तिशाली  भूकम्प

पपुवा न्यूगिनी । पपुवा न्यूगिनीमा ६.१ म्याग्नीच्युडको भूकम्प आएको छ । स्थानीय समयअनुसार बिहीबार बेलुका ४।४६ बजे यति ठूलो भूकम्प आएको अधिकारीहरुले जानकारी दिएका छन् । पपुवा न्यूगिनीको राष्ट्रिय भूकम्प केन्द्रले ९० किलोमिटर गहिराइबाट भूकम्प आएको जानकारी दिएको छ । 

भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षतिको विवरण भने अहिलेसम्म प्राप्त नभएको समाचारमा जनाएको छ । अत्याधिक धेरै भूकम्प गइरहने भएकाले पपुवा न्यूगिनीलाई “रिङ अफ फायर” पनि भन्ने गरिन्छ । एएनआई

प्रतिक्रिया दिनुहोस