aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

अमेजोनका २० हजार कर्मचारीलाई कोरोना पोजेटिभ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १७ असोज २०७७
अमेजोनका २० हजार कर्मचारीलाई कोरोना पोजेटिभ

एजेन्सी । अमेरिकामा बहुराष्ट्रिय ई-वाणिज्य कम्पनी अमेजोनका करिब २० हजार कर्मचारीहरू कोरोना पोजिटिभ भएको छ । यी सबै कर्मचारीहरू अग्रिम मोर्चा अर्थात् डेलिभरी आदिमा खटाइएका थिए । 

कर्मचारीको दबाबपछि, कम्पनीले पहिलो पटक संक्रमित व्यक्तिको संख्या सार्वजनिक गर्दै दाबी ग¥यो कि यसका कर्मचारीहरू बीचमा संक्रमणको दर सामान्यतया अमेरिकी जनसंख्या भन्दा कम हो ।

अमेरिकामा कोरोना संक्रमण धेरै व्यापक भएको छ र संक्रमण संख्याका तुलनामा विश्वमा पहिलो स्थान छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमती मेलानिया पनि कोरोना पोजेटिभ देखिएर अस्पतालमा भर्ना भएका छन् । 

एजेन्सीको रिपोर्ट अनुसार अमेजनका कर्मचारी र मजदुर संगठनहरूले कोभिड १९ बाट  संक्रमित भएका कर्मचारीहरुको संख्या खुलाउन कम्पनीलाई दबाब दिइरहेका थिए ।  कम्पनीले एउटा कर्पोरेट ब्लग मार्फत आफ्ना कर्मचारीहरुलाई सूचना दिनको लागि आफ्नो प्रयासमा यो नम्बर पत्ता लगाएको छ ।

कर्मचारीहरू रिसाएर कम्पनीले तिनीहरूलाई अन्धकारमा राखेको आरोप समेत लगाएका छन । अमेरिकाको मेसाचुसेट्स अटर्नी जनरल मोरा मे महिनामा एक प्रतिनिधिमण्डलको साथ एमेजोनसँग संक्रमित कर्मचारीहरुको डाटा सार्वजनिक गरिनु पर्छ ।

कम्पनीका अनुसार अमेजोन र होलसेल फूड्स मार्केटमा यो संख्या मार्च १ देखि सेप्टेम्बर १९ सम्म अमेरिकामा १३ लाख ७० हजार कर्मचारीको आंकलन गरेपछि यो नम्बर जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस