aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

चेक बाउन्सका पीडित, मिटर ब्याज कारोबारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ जेठ २०७६
चेक बाउन्सका पीडित, मिटर ब्याज कारोबारी

काठमाडौं । चेक बाउन्सका अधिकांश उजुरीकर्ता मिटर ब्याजका कारोबारी रहेको खुलेको छ । अनुसन्धानमा अधिकांश उजुरीकर्ता मिटर ब्याजी रहेको देखिएपछि प्रहरीले बाउन्स चेकमा उल्लेखित रकमको समेत स्रोत खोजी गर्ने भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार प्रत्येक दिन परिसर कार्यालयमा मात्रै चेक बाउन्सका ६५ भन्दा धेरै उजुरी पर्ने गरेका छन् । मातहतका १४ बृत्तमा पनि दैनिक ६५ कै दरले उजुरी पर्छन् । प्रहरीले बाउन्स चेकमा उल्लेखित रकमको स्रोत खोज्न थालेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । 


 

प्रतिक्रिया दिनुहोस