
बुटबल । प्रदेश नम्बर ५ को राजधानी दाङको भालुवाङ बनाउने प्रदेश सरकारको निर्णय प्रति उद्योगहरुले विरोध जनाएका छन् । रुपन्देहीको बुटवलमा रहेको प्रदेश ५ को अस्थायी राजधानीलाई प्रदेश सरकारले दाङको भालुवाङमा स्थायी राजधानी बनाउने निर्णय गरी प्रदेश सभामा प्रस्ताव दर्ता गरेकोप्रति रुपन्देही व्यापार संघले विरोध गरेको हो ।
संघका अध्यक्ष यमलाल लोहनी तथा महासचिव दयानिधि भण्डारीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा दाङमा प्रदेश ५ को राजधानी बनाउने निर्णय जनभावना विपरीत भएको उल्लेख छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका र संघले एक विज्ञप्ति जारी गरी प्रदेश राजधानी बुटवलबाट दाङमा सार्ने निर्णय दुःखद भएको जनाएका छन ।
प्रतिक्रिया दिनुहोस