aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अलकत्रा आयातमा सुविधाको दुरुपयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ जेठ २०७६
अलकत्रा आयातमा सुविधाको दुरुपयोग

वीरगञ्ज । सडक कालोपत्रे गर्न प्रयोग हुने अलकत्रा (बिटुमिन) आयातकर्ताले दक्षिण एशियाली स्वतन्त्र व्यापार संगठन (साफ्ट) को सुविधाको दुरुपयोग गरेको भेटिएपछि भन्सार विभागले अनुसन्धान थालेको छ । भारतबाट आयात हुने अलकत्रामा यो सुविधा आकर्षित नहुने भएकाले विभागले आयातमा कडाइ गरी छानविन थालेको हो । 

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रमा उत्पादित वस्तुको सार्क राष्ट्रमै हुने निर्यातमा पाइने महशुल सुविधा दुरुपयोग भएको रहस्य खुलेपछि अहिले वीरगञ्ज लगायत भन्सारमा बिटुमिन बोकेर आएका गाडी रोकिएका छन् । वीरगञ्ज भन्सारका प्रमुख प्रशासक श्यामप्रसाद भण्डारीले भारतमा उत्पादित बिटुमिनमा साफ्टाको सुविधा लिन नमिल्ने पत्र फेला परेकाले छानविन थालिएको बताए । 

भारतको सरकारी स्वामित्वको कम्पनी भारत पेट्रोलियम कर्पोरेशनले आफ्नो देशमा उत्पादित बिटुमिनमा साफ्टा सुविधान लिने मापदण्ड पूरा नभएको बेहोराको पत्र लेखेपछि यस्तो खुलासा भएको हो । 'भारत पेट्रोलियमले निर्यातमा यो सुविधा लिन मिल्दैन भन्छ भने अरु कम्पनीमा पनि यो व्यवस्था लागू हुन्छ भन्ने लागेर खोजबिन शुरु गरिएको हो,' प्रमुख भन्सार प्रशासक भण्डारीले भने । आजको आर्थिक अभियानमा समाचार छ । 


 

प्रतिक्रिया दिनुहोस