aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

वैकल्पिक शिक्षण, धेरै विद्यार्थी छुट्न सक्ने

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • आइतबार, १८ असोज २०७७
वैकल्पिक शिक्षण, धेरै विद्यार्थी छुट्न सक्ने

काठमाडौं । सरकारले गत असारबाट सञ्चालन गरेको वैकल्पिक विधिको पठनपाठनमा विद्यार्थीको प्रभाव तथा पहुँचका बारेमा अझै ठोस अध्ययन हुन सकेको छैन । यस विषयलाई प्रभावकारी कार्यान्वयन गराउन दुई पटक निर्देशिका र विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक गरेको सरकारले विद्यार्थीको पहुँचका विषयमा भने अझै ठोस तथ्याङ्क सङ्कलन गर्न सकेको छैन । शिक्षा क्षेत्र सम्बद्ध व्यक्तिले यसको पहुँच, प्रभावका बारेमा अध्ययन गरेर कमी कमजोरी सुधार गर्दै सबै विद्यार्थीलाई यसमा समेट्नुपर्ने सुझाव दिएका छन् ।

धेरै विद्यार्थी छुट्न सक्ने
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालका अध्यक्ष कृष्ण थापा यस अवधिमा वैकल्पिक विधिमा कति विद्यार्थी जोडिए त्यसको पहुँच विद्यार्थीसम्म पुगे या नपुगेको विषयमा अहिलेसम्म स्पष्ट चित्र नदेखिएको बताए । स्पष्ट जानकारी नहुँदा लाखौँ विद्यार्थी छुटेको हुन सक्ने उनी बताउँछन् । 

यसअघि विद्यालय तहमा ८० लाखको हाराहारीमा विद्यार्थी अध्ययनरत थिए । यसपटक विद्यार्थीको सङ्ख्यामा अन्योल देखिएको छ । विद्यालय शिक्षामा सबैले स्वामित्व लिन नसक्दा समस्या भएको उहाँको भनाइ छ । सरकारले विद्यालय नखोल्न भन्दाभन्दै पनि कतिपय स्थानमा विद्यालय खुल्नुलाई वैकल्पिक शिक्षामा पहुुँच कमजोर रहेको उदाहरणका रूपमा पनि हेर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस