भद्रपुर । दुई देशबीचको सीमास्तम्भ, आसपास नेपाल र भारतीय बस्ती । सीमा छेउमा रहेका नेपाली विद्यालय भने भारतीय विद्यार्थीले भरिएका छन् । संस्कार, संस्कृति, भाषा र देशको इतिहास फरकफरक छ । तर, सीमावर्ती विहारका बालबालिका नेपालकै इतिहास पढ्छन्, संस्कार, संस्कृति, भाषा पनि नेपाली सिक्छन् । झापा कचनकवल गाउँपालिकाका चार सरकारी विद्यालयमा भारतीय विद्यार्थी खचाखच हुन्छन् ।
भारत सरकारले छोराछोरी विद्यालय पठाएबापत रासन कार्ड, विद्यालयमा खाजा र विद्यार्थीलाई साइकल दिन्छ । दुरीका हिसाबले भारतीय विद्यालय टाढा भए पनि रासन कार्डकै लागि उनीहरु आफ्ना छोराछोरी भारतमा भर्ना गर्छन् तर नेपालमै पढाउँछन् ।
पाठामारी क्षेत्रका श्री प्रावि, जानकी आधारभूत विद्यालय, बुद्ध प्रावि र केचनास्थित शारदा प्राविमा २५ प्रतिशत भारतीय विद्यार्थी अध्ययनरत छन् । 'उनीहरुलाई नआओ भन्न मिल्दैन् । नेपालीसँगै छिमेकी भएर बसेका छन्,' बुद्ध प्राविका प्रधानाध्यापक गोपाल राजवंशीले भने, 'नेपालकै राष्ट्रिय गान गाउँछन्, अनि इतिहास र भाषा नेपालकै सिक्छन् ।' आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खरब छ ।
प्रतिक्रिया दिनुहोस