aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सुन तस्करी अब म्यानमार रुटबाट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ जेठ २०७६
सुन तस्करी अब म्यानमार रुटबाट

काठमाडौं । गत वर्ष जेठ १८ गते चीन हुँदै सिक्किमको नाथुला मार्गबाट भित्रिएको ३२ किलो सुन केन्द्रीय राजस्व अनुसन्धान विभागको टोलीले सिलिगुडीमा समात्यो । करिब वर्ष दिनपछि अर्थात वैशाख ३१ मा सिलिगुडीबाटै २४ दशमलव १५० किलो सुन बरादम गर्‍यो । 

यसपटक सुन नाथुलाबाट नभएर म्यानमार (बर्मा) बाट भित्रिएका थियो । अन्दाजी आठ करोड भारुको सुन बरामदसँगै तस्करले म्यानमार मोरे (मणिपुर) नाकालाई प्रयोग गरिरहेको खुलेको छ । म्यानमारको टमुका स्थानीय र मणिपुरको मोरेका बासिन्दालाई यो नाकामा आवतजावत गर्न छुट छ । अन्तर्राष्ट्रिय सीमा भए पनि व्यापारिक सिलसिलामा बर्मेलीहरु भारततिर आउने र भारतीयहरु उता जाने गर्छन्, भिषाबेरगै । त्यही खुला सीमाको फाइदा उठाउँदै तस्करले धमाधम सुन भित्र्याइरहेका छन् । 

नेपालमा कडाइ भएपछि अन्तर्राष्ट्रिय संगठित आपराधिक गिरोहले कहिले चीन हुँदै सिक्किमको नाथुला, कहिले चीन हुँदै भुटानको जयगाउँबाट सुन भित्र्याउँदै आएकामा यसपालि चीनबाट बर्मा हुँदै मणिपुरको मोरेबाट सुन भारत भित्र्याइरहेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस