aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बलिउडमा लागु पदार्थबारे यसो भन्छन् अक्षयकुमार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ असोज २०७७
बलिउडमा लागु पदार्थबारे यसो भन्छन् अक्षयकुमार

एजेन्सी । बलिउड अभिनेता अक्षयकुमारले बलिउडमा लागुपदार्थको प्रयोग एउटा समस्या भएको तर, यसैका आधारमा सारा बलिउडलाई नहेर्न अनुरोध पनि गरेका छन्। सुशान्त सिंह राजपुतको मृत्यु र सो बारेको अनुसन्धानका बारेमा पहिलोपटक ट्विटरमार्फत बोल्दै उनले बलिउडमा लागु पदार्थको प्रयोग एउटा समस्याका रूपमा रहेको स्वीकार गरेका हुन्।

उनले ट्विटरमार्फत बोल्दै भनेका छन्, ‘आज म तपाईंहरूसँग भारी मनले बोल्दैछु। बितेका केही सातामा केही भन्न चाहिरहेको थिएँ तर त्यतिबेला वरिपरी यति धेरै नकारात्मक थियो कि मैले के भन्ने, कति भन्ने, कसलाई भन्ने बुझ्नै सकिन। हामीलाई स्टार भनिन्छ, बलिउड जे छ तपाईंहरूले बनाएर हो, तपाईंहरूको मायाले हो। हामी एउटा उद्योगमात्र होइन, सिनेमाको माध्यमबाट हामीले भारतीय मूल्यमान्यता तथा संस्कृतिलाई संसारका सबै कुनामा पुर्याएका छौं, यी सारा वर्षहरूमा सिनेमाबाट हामीले हाम्रो देशका मानिसहरूको भावनालाई देखाउने कोशिश गरेका छौं। चाहे त्यो ‘एङ्ग्री योङम्यान’को आक्रोश होस्, भ्रष्टाचार वा बेरोजगारी। सिनेमाले यी सवालहरूलाई आफ्नो तरिकाले प्रकाश पारेको छ। त्यसकारण आज तपाईंहरूमा आक्रोशको भावना छ, हामी त्यो आक्रोशलाई स्वीकार गर्छौ।’ 

अक्षयले सुशान्तको मृत्युपछि बलिउडका धेरै कुराहरू प्रकाशमा आएको र त्यसले बलिउडलाई आत्मपरीक्षण गर्न र आफ्नो पछाडि के भइरहेको छ, त्यो हेर्न बाध्य बनाएको पनि भिडिओमा बताएका छन्।

‘सुशान्तको अचानक भएको मृत्युले धेरै मुद्धाहरू प्रकाशमा आए जसले हामीलाई त्यति नै पीडा दिएको छ जति तपाईंहरूलाई दिएको छ। यी मुद्धाहरूले हामीलाई हाम्रो पछाडी के भइरहेको छ, हेर्न बाध्य बनाएको छ। यसले सिनेमा उद्योगको धेरै नराम्रा कुराहरूलाई जाँच्न बाध्य बनाएको छ, के हेर्नुपर्ने हो, त्यो हेर्न बाध्य पारेको छ’, भिडिओ पोस्टमा उनले थप भनेका छन्।  

ुजस्तै, अहिले मादकपदार्थ र लागुपदार्थका बारेमा कुरा भइरहेको छ। म यो समस्या छैन् भनेर तपाईंहरूलाई ढाँट्न सक्दिन। यो निश्चितरूपमा छ, जस्तो यो अरू कुनै पेसा वा उद्योगमा छ। यद्यपि, यसको मतलब सबैजना यो समस्यामा छन् भन्ने होइन। त्यो कसरी सम्भव छ ?’

‘लागुपदार्थको प्रयोग एउटा कानुनी सरोकारको विषय हो र म विश्वस्त छु, हाम्रो कानून प्रवर्तन एजेन्सीहरू र अदालत यसमा शतप्रतिशत सहि ठहर्नेछन्। मलाई थाहा छ, फिल्म उद्योगका सबै सदस्यले अनुसन्धानमा पूर्ण सहयोग गर्नेछन्। तर, म हात जोडेर बिन्ती गर्छु, सारा उद्योगलाई एकै नजरले नहेर्नुहोला। त्यो ठीक होइन’ उनले थपे। 
 
त्यसैगरी उनले कसैले मेहनत गरेर कमाएको इज्जत प्रतिष्ठालाई सेकेण्डभरमा ध्वस्त गर्ने शक्ति भएकाले संचारमाध्यमलाई संवेदनशिल भएर आफ्नो काम गर्न आग्रह गरेका छन्।

‘व्यक्तिगतरूपमा मलाई मिडियाको शक्तिमा विश्वास छ। यदि हाम्रा मिडियाले सही विषय, सही समयमा उठाएनन् भने धेरै मानिसहरूले न आफ्नो आवाज पाउनेछन् न न्याय। म मिडियालाई निरन्तर आवाज उठाउन अनुरोध गर्छु तर संवेदनशिलताको ख्याल गर्नुहोला किनकी एउटा नकारात्मक समाचारले कसैले वर्षौ लगाएर बनाएको इज्जत ध्वस्त पार्न सक्छ।’ 

प्रशसंकहरूलाई सम्बोधन गर्दै उनले सिनेमा उद्योगले उनीहरूको विश्वास र माया जित्न अझ मेहेनत गर्ने बताए। ‘मेरो प्रशसंकहरूलाई सन्देश यो छ कि, हामीलाई तपाईंहरूले बनाउनु भएको हो। हामी यहाँहरूलाई निराश पार्ने छैनौं। यदि तपाईं निराश हुनुहुन्छ भने हामी हाम्रो कमजोरीमाथि अझ मेहेनत गर्नेछौं। हामी तपाईंहरूको विश्वास र माया जित्नेछौं। हामी तपाईंहरूको कारण अस्तित्वमा छौं। कृपया हामीसँगै रहनुहोला। धेरैधेरै धन्यवाद’, उनले भनेका छन् । 

प्रतिक्रिया दिनुहोस