aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

ट्र्म्प भर्ना भएको अस्पतालमा समर्थकहरुको भिड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ असोज २०७७
ट्र्म्प भर्ना भएको अस्पतालमा समर्थकहरुको भिड

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प कोरोनाभाइरस सङ्क्रमण भएर भर्ना भएको वाशिङ्टन डीसीनजिकै अवस्थित एउटा अस्पतालबाहिर तथा देशका विभिन्न स्थानमा समर्थकहरू भेला भएर उनलाई स्वास्थलाभको कामना गरेका छन्। बीबीसीका अनुसार ट्रम्पको स्वास्थ्य लाभको कामना गर्दै अस्पताल बाहिर भेला भएका हुन् । 

ट्रम्पलाई कोभिड १९ भएको गत शुक्रवार पुष्टि गरिएको थियो। त्यही साँझ उनलाई विमानमा उपचारका लागि वाल्टर रीड न्याश्नल मिलिटरी हस्पिटल लगिएको थियो।

उनको स्वास्थ्य टोलीले ट्रम्पको स्वास्थ्यमा उल्लेख्य सुधार आएको तर ढुक्क हुने अवस्था अझै नआएको शनिवार अबेर बताएको थियो। अमेरिकामा आगामी नोभेम्बर महिनामा राष्ट्रपतीय निर्वाचन हुँदैछ। ट्रम्प निर्वाचनको प्रचारप्रसारमा सक्रिय थिए।

ट्रम्प बसेको अस्पतालबाहिर विरोधीहरू पनि भेला भएका थिए। शनिवार देशका विभिन्न स्थानमा ‍र्‍यालीहरू आयोजित भए। तिनमा सहभागीहरूले ट्रम्प चाँडो निको होऊन् भनेर कामना गरेका बीबीसीले उल्लेख गरेको छ । 

प्रतिक्रिया दिनुहोस