
एजेन्सी । बसभित्रै किस नगरेको भन्दै बेलायतको लण्डनमै सार्वजनिक बसभित्र तेस्रोलिंगी जोडीमाथि आक्रमण भएको छ । लेस्बियन एक जोडी तेस्रो लिंगीले पुरुषलाई किस नगरेको भन्दै हमला गरिएको हो । मेलानिया जियोमोनाटले आफू र आफ्नी प्रेमिका क्रिस आक्रमणपछि रगताम्मे भएको तस्बिर सार्वजनिक गरेकी थिइन् ।
उनीहरु डेटिङबाट रात्री बसमा घर फर्कँदै गर्दा पुरुषहरुको समूहले सांघातिक हमला गरेको बेलायती सञ्चारमाध्यमले उल्लेख गरेका छन् । ‘युवाहरुको समूहले हामीलाई किस गर्न र रोमान्स गर्न आग्रह गरे । त्यसपछि यौन आशनबारे व्याख्या गर्दै लेस्बियन भनेर हामीलाई दुव्र्यवहार गर्न थाले,’ जियोमोनाटले बताइन् ।
चारजनाको समूहले आक्रमण गरेपछि तेस्रोलिंगी जोडीको अनुहार रगताम्मे थियो । यसपछि उनीहरुले यौनहिंसाको शिकार हुँदैआएको भन्दै फेसबुकमै लेखेका थिए । घटनापछि दुवैलाई अस्पताल लगिएको थियो । प्रहरीले घटनाबारे छानविन थालेको छ ।
प्रतिक्रिया दिनुहोस