aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

‘जहाँ छौँ, त्यही दशैं मनाऔँ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ असोज २०७७
‘जहाँ छौँ, त्यही दशैं मनाऔँ’

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जहाँ छौं, त्यही दशैं मनाउन अपिल गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हामी जहाँ छौँ त्यहि दशैँ मनाउन आग्रह गरेका हुन् । 

उनले कोरोना भाइरसको संक्रमण बढिरहेका बेला दशैंका लागि यात्रा नगर्न आग्रह गरे । साथै जनस्वास्थ्यको मापदण्डमा कडाई गर्ने र जरिवाना गर्ने गरी नयाँ प्रस्ताव पठाइएको गौतमले बताए । 

त्यस्तै उनले पछिल्लो २४ घण्टामा २२५३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएको बताए ।  यससंगै नेपालभर कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ ।  हाल संक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेको छ । 

त्यस्तै, पछिल्लो २४ घण्टामा ७  जनाको मृत्यु भएको छ भने १३२९ जना निको भएर घर फर्किएका छन् । निको भएर घर फर्किनेको संख्या ६४ हजार ६९ जना पुगेको छ ।   

प्रतिक्रिया दिनुहोस