aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

नर्सलाई ‘ब्ल्याक मेल’ गर्ने कुख्यात अपराधी पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ असोज २०७७
नर्सलाई ‘ब्ल्याक मेल’ गर्ने कुख्यात अपराधी पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले नर्सलाई 'व्ल्याकमेल' गर्ने एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । भारतमा बसेर साइबर अपराधमा संलग्न रही फरार एक जुम्लाको कनका सुन्दरी गाउँपालिकाका पसल रोकायलाई प्रहरी परिसरले पक्राउ गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौर बताए । रोकायलाई प्रहरीले कुख्यात अभियुक्तलाई नेपाल–भारत सीमा नाका इलामको पशुपतिनगरबाट पक्राउ गरेर काठमाडौँ ल्याएको उनले जानकारी दिएका छन ।

 रोकायले आइटी इन्जिनियरिङमा डिग्री गरेको अनुसन्धानबाट खुलेको उनले बताएका छन । सामाजिक सञ्जाल म्यासेन्जर, भाइबरबाट नर्सहरुलाई आइटीमा जागिर लगाइदिन्छु भन्दै पैसा माग्ने गरेको एसपी राठौरले जानकारी दिए ।

भारतमा बसेर नेपालमा साइबर अपराध गर्ने रोकायविरुद्ध साइबर अपराध र ठगी सम्बन्धी ५ वटा मुद्दा काठमाडौं परिसरमा दर्ता भएको एसपी राठौरले बताए । एसपी राठौरका अनुसार रोकाय एउटा मुद्दामा १ लाख धरौटीमा रिहा तर परिसरमा मात्र हालसम्म ७ वटा मुद्दा दर्ता भएका अपराध महाशाखामा पनि मुद्दा दर्ता भएको खबर आएको छ यसरी हेर्दा करिब दर्जनभन्दा बढी मुद्दा रोकायका विरुद्धमा भएको अनुमान भएको उनले बताए । 

सर्वसाधारण भन्दा पनि रोकायको निशाना नर्सहरुलाई टारगेट गर्ने गरेको थाहा भएको उनलेब बताए । रोकायले नर्सहरुसँग जति पनि पैसा खर्च गर्नसक्ने भएकाले नर्सहरुलाई निशाना बनाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हालसम्म सातलाख ५० हजार रुपैयाँ ठगी गरेको उजुरी आएको उनले बताए । 

रोकायले सिटिइभीटिबाट अनुमति प्राप्त संस्थाभन्दै कसैलाई नर्स, कसैलाई प्रहरीमा जागिर लगाइदिने भन्दै पैसा दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताएका छन् । उनले भने, ‘पहिला जागिर लगाइदिन्छ भन्ने र पैसा माग्ने पैसा नदिएपछि विभिन्न बहानामा ब्ल्याकमेलिङ गरेर रकम असुल्ने गरेको भेटियो ।’ रोकायविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरो र महानगरीय अपराध महाशाखामा समेत साइबर अपराध तथा ठगी सम्बन्धी जाहेरी परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस