aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

आजदेखि श्रम स्वीकृति दिइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ असोज २०७७
आजदेखि श्रम स्वीकृति दिइने

काठमाडौं । कर्मचारीमा कोरोना सङ्क्रमण देखिएसँगै वैदेशिक रोजगार कार्यालय, काठमाडौंबाट बन्द गरिएको श्रम स्वीकृति आजदेखि पुनः शुरु हुने भएको छ ।  प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा  राखी  सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न लागिएको विभागले जनाएको छ । 

कार्यालयका एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि वैदेशिक रोजगार कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा गत बुधबारदेखि बन्द गरिएको थियो । यसैबीच वैदेशिक रोजगार बोर्ड सचिवालयबाट प्रदान गरिने आर्थिक सहायता अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ ।

बोर्ड सचिवालयमा कार्यरत कर्मचारीलाई कोभिड–१९ सङ्क्रमण भएको हुँदा सेवाग्राही तथा सेवा प्रदायकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी अर्को सूचना नभएसम्म सचिवालयबाट प्रदान गरिने आर्थिक सहायतासम्बन्धी सम्पूर्ण सेवा बन्द गरिएको छ ।
 
 सम्बन्धित व्यक्तिले आवश्यक कागजातसहित स्थानीय तहमा निवेदन दिई  कागजात रुजुपछि आधिकारिक इमेलबाट बोर्ड सचिवालयको इमेलमा प्राप्त भएमा सचिवालयले कागजात रुजु गरी सम्बन्धित व्यक्तिको बैंक खातामा आर्थिक सहायतावापतको रकम पठाउने बोर्डले जनाएको छ । सचिवालयबाट अत्यावश्यक सेवाअन्तर्गत गरिने शव ढुवानी सञ्चालन गरिएको  बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस