aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

नागरिक स्टक डिलरको सीईओमा महेश्वरलाल श्रेष्ठ नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ असोज २०७७
नागरिक स्टक डिलरको सीईओमा महेश्वरलाल श्रेष्ठ नियुक्त

काठमाडौं । नागरिक स्टक डिलर कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा महेश्वरलाल श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको मूल कम्पनीको रुपमा रहेको नागरिक लगानी कोष सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओको जिम्मेवारी दिइएको हो । नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको कार्यकाल ४ वर्षको हुनेछ ।

यसअघि श्रेष्ठ र सन्तोषराज नेपाल सीईओका लागि सर्टलिष्टमा परेका थिए । उनीहरुसँग शनिबार अन्तरवार्ता र आफ्ना व्यवसायिक योजनाको प्रस्तुतीकरण गरिएको थियो । सो प्रस्तुतीकरणका आधारमा श्रेष्ठलाई सीईओमा नियुक्त गरिएको हो ।

प्रतिक्रिया दिनुहोस