aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

प्रदेश ५ को प्रदेशसभामै कांग्रेसको नाराबाजी, बैठक स्थगित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ असोज २०७७
प्रदेश ५ को प्रदेशसभामै कांग्रेसको नाराबाजी, बैठक स्थगित

बुटवल । प्रदेश नम्बर ५ को प्रदेश सभा बैठक तत्कालका लागि स्थगित भएको छ । सोमबार सुरु भएको बैठकमा प्रतिपक्षी दलका सांसदहरुले नाराबाजी गरेपछि सोमबार दिउँसो २ बजेसम्मका लागि प्रदेश सभाको बैठक स्थगित भएको हो । राजनीति स्वार्थका लागि राजधानी सारिएको तर्क कांग्रेसको छ । संसद अवरुद्धपछि आधा घण्टाका लागि बैठक स्थगित भएको छ ।

प्रदेशसभामा राजधानी र नामांकरणसम्बन्धी प्रस्तावमाथिको छलफलमा बोल्दै कांग्रेसले तानाशाही शैलीमा यो प्रस्ताव आएको भन्दै आपत्ती जनाएको हो ।

बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडियाले व्यक्तिगत स्वार्थमा राजधानी सार्नु गलत रहेको बताए । 'मुख्यमन्त्री भनेको प्रदेशभरको हो, उहाँ शालिन नेता हो । तर भेगीय राजनीतिमा लाग्नुभयो । राजधानीको प्रस्ताव ल्याउँदा सहमति हुनुपथ्र्यो । खुसीको दिन हो, हर्ष हुनुपर्ने हो । तर बाहिर निषेधाज्ञा छ । मान्छे पक्राउ गरिएको छ । यो तानाशाही शैली भयो, 'उनले भने ।

प्रतिक्रिया दिनुहोस