
एजेन्सी । हिन्दू सनातन पद्धतिमा बिवाहको साईत पण्डितले निकाल्छन् । तर उत्तर गुजरातको भारत पाकिस्तान सीमा नजिकैको भाखरी गाउँमा विवाहको साईत पानीको ट्यांकरका हिसाबले निकालिन्छ ।
पानीको संकटबाट गुज्रिरहेको पुरै राज्यमा भाखरी गाउँमा रहेको एउटा तलाउ पनि सुकिसकेको छ । मानिस तथा पशुहरुलाई पिउनको लागि प्रयाप्त पानी छैन् । सुकिसकेको तलाउ किनारामा रहेको रुख धेरै बिवाहको प्रमाण बन्दै आएको छ ।
पछिल्लो धेरै वर्षदेखि बिवाहको सिजन र सुख्खा एकै समय आउँछ । बिवाहमा पानीको लागि ट्यांकरमा निर्भर हुन्छन् । भाखरी गाउँको पीराभाई जोशीका अनुसार गाउँमा यदि बिवाह हुन्छ भने २५ किलोमिटर टाढाबाट पानीको ट्यांकर लिएर आउनुपर्ने हुन्छ ।
एक ट्यांकरको २ हजार रुपैयाँ पर्छ । यदि तीन चार ट्यांकर पनि मगाउनुपर्दा ८ हजार खर्च हुन्छ । बिवाहको लागि पानीको ट्यांकर सबैभन्दा महत्वपूर्ण मान्छिन् । यदि पानीको ट्यांकर मिलेन भने बिवाह नै नहुने सम्भावना बढी हुन्छ । त्यस्तो अवस्थामा करिब ४०-५० किलोमिटर टाढाबाट ट्यांकर ल्याउनुपर्ने बाध्यता छ ।
प्रतिक्रिया दिनुहोस