aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

थापाथलीको प्रसुति गृहमा एक महिलाले जन्माइन् पाँच शिशु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ असोज २०७७
थापाथलीको प्रसुति गृहमा एक महिलाले जन्माइन् पाँच शिशु

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसुति गृहमा एक महिलाले पाँच शिशुलाई जन्म दिएकी छन्। स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीले सोमबार बिहान नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले पाँच वटा शिशुलाई जन्म दिएको जानकारी दिए।

सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत बिहान मृतसहित ५ शिशुको जन्म भएको हो । पाँचमध्ये चार जना जीवित रहेको र १ जना भने जन्मनुअघि नै मृत्यु भइसकेको उनले बताए । अहिलेसम्म आमाको अवस्था पनि सामान्य नै रहेको उनले जानकारी दिएका छन् । 

डा. सुवेदीका अनुसार जीवित जन्मिएका ४ शिशुहरुको स्वास्थ्य सामान्य रहेको छ । ४ शिशुमध्ये एकको १ किलो ९ सय ग्राम तौल रहेको छ । अन्यको क्रमसः १ किलो ८ सय ग्राम, १ किलो ६ सय ग्राम र ८ सय ग्राम रहेको छ ।

प्रतिक्रिया दिनुहोस