aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

सामसङले ल्यायो साढे दुई लाखको मोबाइल, यस्ता छन फिचर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ असोज २०७७
सामसङले ल्यायो साढे दुई लाखको मोबाइल, यस्ता छन फिचर

काठमाडौं । लामो प्रतीक्षापछि सामसङ ग्यालेक्सी जेड फोल्ड २ (Samsung Galaxy Z Fold 2) को लागि प्रि–बुकिङ्ग अब स्मार्ट डोकोमा दुई लाख ४९ हजार नौं सय ९९ मा उपलब्ध छ । 

यस स्मार्टफोनमा ग्लास स्क्रिन राखिएको छ जसमा किताब जस्तै फोल्ड गर्न र ह्यान्ड्स फ्री क्यामेरा छ जुन तपाईले हात वेभ गर्दा शुट हुन्छ । 

प्रि–बुकिङ्ग गर्दा १९ हजार नौं सय ९९ मूल्यको सामसङ ग्यालेक्सी बड्स लाइभ निःशुल्क पाईनेछ र ग्राहकहरुले १ पटकको लागि १२ महिनाको ब्रेकेज बीमा पनि प्राप्त गर्न सक्नेछन् । सामसङ ग्यालेक्सी जेड फोल्ड २ प्रि–बुक गर्न https://cms-prd.mygalaxy-nbs.com/NP-ZFold2-Preorder/वेबसाइटमा जान सकिन्छ ।

त्यसैगरी, 9801013311/ 9802002870 मा पनि सम्पर्क गर्न सकिन्छ । ग्राहकहरुले पाँच हजार  प्रि–बुकिङ्गको लागि भुक्तानी गर्नुपर्ने हुनेछ र बाँकी ह्याण्डसेट पाउने भएपछि भुक्तानी गर्नुपर्ने छ । 

आईएमएस ग्रुपका सिइओ दिकेश मल्होत्राले भने, “अगिल्लो समयहरुमा सामसङको फोल्डिङ फोनहरु नेपालमा नभित्रिँदा पनि अहिले भने हामीले नेपालमै पहिलो पटक सामसङको ग्यालेक्सी जेड फोल्ड २ स्मार्टफोन  स्मार्टडोकोबाट प्रि–बुकिङ्ग गराउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं ।’ 

स्मार्टडोकोबाट प्रि–बुकिङ्ग असोज २८ गतेसम्म मात्र खुल्ला गरिएको र स्मार्टडोकोले निःशुल्क डेलिभरी गर्ने आईएमएसले जनाएको छ । 

स्मार्टडोकोको 
स्मार्टडोको ई–कमर्स सरल र सुरक्षित प्लेटफर्म हो । स्मार्टडोकोमा १० विभिन्न क्याटोगोरी छ र थुप्रै सव क्याटोगोरीहरु छन् जहाँ ग्राहकहरूले १० हजारभन्दा बढी सामानहरू खरीद गर्न सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस