काठमाडौं । दशै, तिहार लगायतका चाडपर्व नजिकै आइपुगेपछि बैङ्क तथा वित्तीय संस्थामा नगद जम्मा गर्ने र झिक्नेसँगै बजारमा किनमेल गर्नेको भीड बढ्दो छ । यस्तो अवस्थामा नयाँ नोट चलाउने रहर त सबैलाई हुन्छ नै तर यसप्रति विशेष चनाखो हुनुपर्ने देखिएको छ ।
खिचापोखरीस्थित सनराइज बैंकबाट झिकेको एक लाख रुपियाँको बिटोभित्र एउटा नक्कली हजारको नोट भेटिएपछि अनावश्यक तनाव बेहोरेका न्युुरोडका एक ‘क्यारिङ’ व्यवसायी बैंकका कर्मचारीको विश्वासमा पर्दा समस्या आएको बताउछन्, बिटोमा बैंकको स्टिकर र छाप हानिएकाले शङ्का गर्नुपर्ने अवस्था थिएन, कार्यालयमा भएको थप रकम जम्मा पारी नेपाल बङ्गलादेश बैंकमा जम्मा गरेको दुई दिनपछि बैंकका कर्मचारीले फोन गरी ‘नक्कली नोट मिसाउने’ भन्दै हप्काएका थिए।
बैंकका कर्मचारीले नै सक्कली र नक्कली नोट नचिन्दा केही दिनअघि आफू यस्तो समस्यामा परेको गुनासो ती व्यापारीले गरेस् नियमित आर्थिक कारोबारका क्रममा विभिन्न बैंकबाट नक्कली नोट फेला पर्ने यो एउटा नमुना घटना मात्र होस् नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट नोट चिन्ने सजिलो र सरल उपाय रहेको बताउँछन्ः नगद गणना गर्दा नक्कली नोट छामेरै चिन्न सकिन्छस् उहाँका अनुसार शङ्का लागेमा एक थोपा पानी राख्ने बित्तिकै नक्कली नोट गल्छ।
“राष्ट्र बैंकले नोट चिन्न केही सुरक्षण विधि सार्वजनिक गरेको छ तर नगद गणना गरिरहेको व्यक्तिलाई समस्या छैन । भीडभाड तथा अपवादमा नक्कली नोटको समस्या आउन सक्ने भएकाले सर्वसाधारण सचेत हुनुपर्छ’’, उनले भने महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख श्यामलाल ज्ञवाली सुरक्षण विशेषताबारे धेरै व्यक्ति जानकार नभएकाले नोट चिन्न औँलाले छुनैपर्ने बताउँछन्ः बैंकको ‘नोट डिटेक्टर’ मेसिनले गणना मात्र गर्ने हो, बिटोभित्रको नक्कली नोट चिन्न औँलाले गन्नैपर्ने हुन्छ।
चाडबाडको समयमा काठमाडौँ उपत्यकामा मात्र नभई मुलुकका मुख्य सहरमा पाँच सय र एक हजार दरका नक्कली नोट प्रयोग हुने गरेको देखिएको छ। नक्कली नोट उत्पादन हुने गरे पनि परीक्षणका लागि भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) र प्रहरीको विधि विज्ञान प्रयोगशाला मात्र छन्बैंकका कर्मचारी पनि बिटोभित्र लुकाइराखेको नक्कली नोटप्रति जानकार नहुने गरेको पाइएको छस् बङ्गलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गाना बैंक कर्मचारीको लापरबाहीभन्दा ग्राहकबाटै नक्कली नोट आउने गरेको बताँछन् ।
चिन्न सकिन्छ नक्कली नोट
नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. भट्टका अनुसार नोट चिन्ने केही सुरक्षण विधि छन् जस्तो, पानीछाप (वाटरमार्क) हुुन्छ। नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा वा नोटको पछाडिबाट लाइट (टर्चलाइट र मोबाइल बत्ती) बालेर हेर्दा लालीगुराँसको आकृति स्पष्ट देखिन्छ।
लालीगुराँसको आकृति (पानीछाप) नोटको माथिबाट प्रिन्ट नभई कागज बनाउने क्रममै बनाइने हुँदा अग्रभाग (नोटको नम्बर, सगरमाथाको चित्र र गभर्नरको दस्तखत) र पृष्ठ भाग (हात्तीहरू) भएको भाग दुवै तर्फबाट उत्तिकै स्पष्ट देखिन्छ।
प्रतिक्रिया दिनुहोस