aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

देवदहमा युवकको हत्या, ५ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ जेठ २०७६
देवदहमा युवकको हत्या, ५ जना पक्राउ

रुपन्देहीको देवदहमा गएराति एक युवकको हत्या भएको छ । देवदह नगरपालिका–८, विशालनगरका २८ वर्षीय सुमन थापाको हत्या भएको हो । कुटपिटबाट गम्भीर थापाको उपचारका क्रममा देवदह मेडिकल कलेज भलुहीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले बताए ।

उनीमाथि साथीभाइले कुटपिट गरेको बताइएको छ । प्रहरी नायव उपरीक्षक मल्लका अनुसार, बेहोस अवस्थामा फेला परेका उनको निधार र छातीमा निलडाम भेटिएकाे थियाे  ।

उनको हत्यामा संलग्नको आशंकामा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई अहिले इलाका प्रहरी कार्यालय, बुटवल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस