aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० असोज २०७७
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर, ललितपुर उपमहानगरपालिका-१९ इखालखु बस्ने सोही उपमहानगरपालिका(२१ खोकना घर भएका ३४ वर्षीय अमर महर्जनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटनको २०७६ माघ १३ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ७ दिन कैद र ३२ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं कुलेश्वरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
 
महर्जनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी/जानी पीडितलाई झुक्यानमा पारी २०७४ जेठ २५ गते यति डेभलपमेन्ट बैंक लिमिटेड कुमारीपाटी शाखाको चेक काटी दिई फरार भएकोमा उनलाई उक्त अदालतले उक्त सजाय तथा जरिवाना  फैसला गरेको थियो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस