aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

सस्तो मुल्यमा डलर साटीदिन्छु भन्दै १० लाख ठगी गर्ने ४ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० असोज २०७७
सस्तो मुल्यमा डलर साटीदिन्छु भन्दै १० लाख ठगी गर्ने ४ जना पक्राउ

काभ्रेपलाञ्चोक । सस्तो मुल्यमा अमेरिकी डलर साटीदिन्छु भन्दै नगद १० लाख रुपैयाँ ठगी गरेको अभियोगमा ४ जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ५ बस्ने ३८ वर्षीय श्रीखण्ड तामाङ, काठमाडौं बुढानिलकण्ठ नगरपालिका २ डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ५ घर भएका हर्क तामाङ, सोही नगरपालिका ५ बस्ने ४७ वर्षीय  चैते भन्ने बुद्धि बहादुर तामाङ र सोही ठाउँ बस्ने ६० वर्षीय गोबिन्द तामाङ रहेका छन् । उनीहरुमध्ये श्रीखण्डलाई काभ्रेपलाञ्चोक बनेपा नगरपालिका ८ बाट, हर्कलाई उनकै डेराबाट, बुद्धि बहादुरलाई सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका १० साँगा चोकबाट र गोबिन्दलाई चौतारा साँगाचोक गढी नगरपालिका ५ स्थित भिरकुनाबाट पक्राउ गरेको हो ।

उनीहरुले नुवाकोट दुप्चेश्वर गाँउपालिका २ को कुटुमसाङ बस्ने पुरुषलाई २०७७ असार २० गते फोन सम्पर्क गरी अमेरिकी डलर १७ हजार सस्तो मुल्यमा दिने भन्दै प्रलोभनमा पारी अमेरिकी डलर भनिएको पोको दिई उक्त रकम लिई फरार भएको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
 
उनीहरु उपर ठगी सम्बन्धी कसुरमा जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस