aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

अमेरिकाले कम्युनिष्टलाई स्थायी बसोवासको अनुमति नदिने भनेपछि श्रेष्ठको यस्तो प्रतिक्रिया

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० असोज २०७७
अमेरिकाले कम्युनिष्टलाई स्थायी बसोवासको अनुमति नदिने भनेपछि श्रेष्ठको यस्तो प्रतिक्रिया

काठमाडौं । अमेरिकाले आफ्नो आप्रवासी नियममा गरिएको नयाँ परिवर्तनसँगै अब कम्युनिष्ट पार्टीका सदस्य वा सोसरहको पदमा रहेकाहरुले अमेरिकाको स्थायी बसोवासको अनुमति वा नागरिकता नपाउने भनेपछि नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले लोकतन्त्रको खिल्ली उडाएको बताएका छन् । उनले कम्युनिस्ट पार्टीका सदस्यलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने गरी ल्याइएको हालैको अमेरिकी नीतिले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्ली उडाएको बताएका हुन् ।  

मंगलबार एक ट्वीट गर्दै उनले भनेका छन्, ‘अमेरिकाले हालै देशभित्र वा बिदेशको कुनै कम्युनिष्ट पार्टीको सदस्यता लिएको आप्रवासीलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने नीतिको खुला घोषणा गरेको छ। यसले स्वेच्छाले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्लि उँडाएको छ। यही हो, नमुना पुँजीवादी लोकतन्त्र !’  

यसअघि अमेरिकाको संसद्ले पारित गरेको सुरक्षाको नियम अनुसार नै आप्रवासी नियममा परिवर्तन गरिएको हो । यूएससीआईएसले सार्वजनिक गरेको विज्ञप्तिमा कुनै पनि कम्युनिष्ट पार्टीका वा निरंकुश पार्टीसँग आबद्ध भएका मानिसले अमेरिकामा आप्रवासीको रुपमा आवेदन दिन नसक्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस